Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

राप्रपा नेपालको बैठक आजदेखि बस्दै


काठमाडाैं। राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडाैंमा सुरु हुने भएको छ । उक्त बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक तथा माहामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले सङ्गठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

उक्त पार्टी अध्यक्ष थापाद्वारा प्रस्तुत हुने सुशासनको माध्यमबाट आर्थिक समृद्धि सम्बन्धी राजनीतिक कार्यपत्र छ भने सो कार्यसम्पादन समितिको हिजोको बैठकले कार्यपत्र परिमार्जनसहित अनुमोदन गरेको थियो।

त्यसैगरी, केन्द्रीय समिति बैठकबाट छलफलपश्चात मोर्चा निर्माण र आन्दोलनको तयारीबारेमा निर्णय गर्ने महामन्त्री बर्तौलाले जानकारी दिए । दुई दिनसम्म सञ्चालन हुने केन्द्रीय समिति बैठक भोलि दिउँसो काठमाडाैं उपत्यका भेलामार्फत निर्णयहरू सार्वजनिक गरेर सम्पन्न हुने पार्टीले जनाएको छ ।


प्रकाशित मिति: २४ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?