विराटनगर। विराटनगर महानगरपालिका–७ स्थित एक कवाडी गोदाममा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार भएको आगलागीमा तीन जना घाइते भएका छन् । उक्त आगलागीमा घाइतेमध्ये सुशीला पासपानको कीर्तिपुरस्थित जलनसम्बन्धी विशिष्टिकृत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी, सोही अस्पतालमा उपचारका
फिक्कल। राष्ट्रियभूमि आयोग इलाम शाखाकार्यालयमा १६ हजार छ सय २२ जनाले जग्गा प्राप्तिका लागि निवेदन दिएका छन् । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने प्रक्रिया चलिरहँदा मङ्सिर २० सम्ममा आठ पालिकाबाट सो सङ्ख्यामा निवेदन प्राप्त भएको आयोगको शाखा कार्यालयका अध्यक्ष भक्त केसीले बताएका छन् । उनका
काठमाडाैं। सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको हो । उक्त समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधी समेत दिइएको सञ्चार
काठमाडाैं। हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिममा मौसम सामान्यतया सफा रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा
महोत्तरी। सामुदायिक हितका लागि धर्मशाला बनाएर कीर्ति राख्ने पुरानो मैथिल परम्परालाई महोत्तरीको बर्दिबास–१४ का एक परिवारले अनुशरण गरेका छन् । त्यस्तै, आफ्ना दिवङ्गत पितामाताको स्मृतिमा यहाँका एक हमाल परिवारले रु एक करोडभन्दा बढी लागतको धर्मशाला बनाएर समुदायलाई हस्तान्तरण गरेका हुन् भने बर्दिबास–१४ स्थित रामजानकी मन्दिर परिसरमा निर्मित नीर–रत्न धर्मशाला सञ्चालनमा
काठमाडाैं। छ वर्षअघि निकै उत्साहका साथ राष्ट्रियसभा सदस्यको जिम्मेवारी सम्हालिरहँदा सांसद डा. विमला राई पौडेललाई कानुन निर्माण र जनताका आवाज सम्बोधनमा केही गर्न सकिन्छ भन्ने लागेको थियो । त्यस्तै, कानुन बनाउने त्यस बेलाको उच्च मनोबल अहिले घटिसकेको भने छैन तर आफ्ना तर्फबाट प्रयास गर्दा गर्दै जति सोचिएको थियो, त्यति गर्न
काठमाडाैं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले तीन वटा जहाज खरिद गर्न आह्वान गरेको टेन्डरमा तीनवटै कम्पनीको आवेदन परेको छ । निगमका अनुसार लेट ४१०, डोर्नियर र ट्विनअटर गरी तीन वटा जहाज उत्पादक कम्पनीको प्रस्ताव आएको हो । त्यस्तै, निगमसँग हाल दुई वटा ट्वीअटर जहाज रहेका छन् भने दुर्गम तथा पहाडी
बुटवल। रुपन्देही प्रहरीले ५६ बोरा अवैध चिनीसहित २ जना व्यक्तिलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले बुधबार राति कारोबारमा संलग्न व्यक्तिसहित मायादेवी गाउँपालिका-५ पर्सहवाबाट झन्डै १२ लाख रुपैयाँ बराबरको चिनी र पिकअप भ्यान बरामद गरेको हो । उक्त जिल्ला प्रहरी कार्यालयका अनुसार चिनी ल्याउँदै गरेका
पर्वत। नेकपा (एमाले) ले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पर्वत आइपुग्ने भएको छ । आज बिहान बागलुङको गलकोटबाट सुरु भएको यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वत आउन लागेको हो । सो सङ्कल्प यात्रालाई लक्षित गरेर नेकपा एमाले पर्वतले कुश्माबजारमा जनसभाको तयारी गरेको छ भने उक्त जनसभामा एमाले अध्यक्ष केपी
जाजरकोट। कर्णालीका १० जिल्लामा एक हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण भएका छन् । कर्णाली प्रदेश सरकार, सङ्घीय सशर्त अनुदानमार्फत कर्णाली प्रदेशका १० जिल्लामा हालसम्म एक हजार २१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका हुन् । त्यस्तै, भौगोलिक विकटताको प्रतिविम्ब रहेको कर्णालीमा विगतदेखि हालसम्म सो सङ्ख्यामा पुल निर्माण सम्पन्न भएको हो