Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

बाक्लो हुस्सुका कारण विराटनगर विमानस्थलको उडान प्रभावित


काठमाडौं। केही दिनयता बाक्लो हुस्सुका कारण विराटनगर विमानस्थलबाट हुने उडानहरू प्रभावित बनेका छन् । काठमाडौंबाट जाने, यताबाट फर्कने र पहाडी जिल्ला जाने उडानहरू हुन सकेका छैनन् ।

प्रतिकूल मौसमका कारण हिजो पनि उडान प्रभावित भएको थियो भने आज पनि बिहानका उडानहरू भएका छैनन् । मौसम तत्काल खुल्ने संकेत नदेखिएकाले आज दिनभर उडान हुने वा नहुने बारे टुङ्गो नभएको विराटनगर विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिएका छन् । विराटनगरबाट काठमाडौंका लागि दैनिक बुद्ध एअरको ७, यति एयरलाइन्सको ५, श्री एयरलाइन्सको ३ र सौर्य एयरलाइन्सको एउटा गरी १६ वटा उडान हुने गरेको छ ।

त्यस्तै, बाक्लो कुहिरो लाग्ने गरेकाले ‘भिजिविलिटी’ कमजोर रहेको जनाइएको छ भने विमानस्थलका सूचना अधिकारी भण्डारीका अनुसार हिजो साँझ बुद्ध एयरको एउटा विमानले मात्र काठमाडौंंका लागि उडान भरेको थियो । हिजोका अरु सबै उडान रद्द भएका थिए । उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी र २ हजार मिटर सिलिङ चाहिनेमा बुधवार भिजिविलिटी एक हजार मिटर मात्र पुगेको थियो ।

विराटनगरबाट हुने ताप्लेजुङलगायत गन्तव्यका उडान भने प्रतिकूल मौसमका कारण नियमित रूपमा केही समयका लागि बन्द गर्ने विमानस्थलले निर्णय गरेको छ ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?