Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

बाक्लो हुस्सुका कारण विराटनगर विमानस्थलको उडान प्रभावित


काठमाडौं। केही दिनयता बाक्लो हुस्सुका कारण विराटनगर विमानस्थलबाट हुने उडानहरू प्रभावित बनेका छन् । काठमाडौंबाट जाने, यताबाट फर्कने र पहाडी जिल्ला जाने उडानहरू हुन सकेका छैनन् ।

प्रतिकूल मौसमका कारण हिजो पनि उडान प्रभावित भएको थियो भने आज पनि बिहानका उडानहरू भएका छैनन् । मौसम तत्काल खुल्ने संकेत नदेखिएकाले आज दिनभर उडान हुने वा नहुने बारे टुङ्गो नभएको विराटनगर विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिएका छन् । विराटनगरबाट काठमाडौंका लागि दैनिक बुद्ध एअरको ७, यति एयरलाइन्सको ५, श्री एयरलाइन्सको ३ र सौर्य एयरलाइन्सको एउटा गरी १६ वटा उडान हुने गरेको छ ।

त्यस्तै, बाक्लो कुहिरो लाग्ने गरेकाले ‘भिजिविलिटी’ कमजोर रहेको जनाइएको छ भने विमानस्थलका सूचना अधिकारी भण्डारीका अनुसार हिजो साँझ बुद्ध एयरको एउटा विमानले मात्र काठमाडौंंका लागि उडान भरेको थियो । हिजोका अरु सबै उडान रद्द भएका थिए । उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी र २ हजार मिटर सिलिङ चाहिनेमा बुधवार भिजिविलिटी एक हजार मिटर मात्र पुगेको थियो ।

विराटनगरबाट हुने ताप्लेजुङलगायत गन्तव्यका उडान भने प्रतिकूल मौसमका कारण नियमित रूपमा केही समयका लागि बन्द गर्ने विमानस्थलले निर्णय गरेको छ ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?