काठमाडाैं। काठमाडाैंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो उडानको क्रममा जहाजको आपत्कालीन ढोकाको सिसा खसेको छ । तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज आइतबार बिहान ९ः३१ मा काठमाडाैंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो । उक्त जहाजको आपत्कालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको हो ।
काठमाडाैं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । बाँसबारीस्थित सहिद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहेका मन्त्री श्रेष्ठ स्वास्थ्यलाभपछि डिस्चार्ज भएको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी गराएका छन् । यही मङ्सिर १९ गते केन्द्रमा भर्ना उनको मुटुको एन्जियोप्लास्ट गरिएको थियो । मन्त्री श्रेष्ठको उपचारमा केन्द्रका चिकित्सक डा
खजुरा। बाँकेको जानकी गाउँपालिकाले ज्येष्ठ तथा अशक्त नागरिकलाई गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । उक्त गाउँपालिकाले कार्यालयबाट भत्ता वितरण सेवा दिएपछि आफूहरूलाई सहज भएको स्थानीय रामबहादुर शाहीले बताएका छन् । त्यसैगरी, ज्येष्ठ तथा अशक्त नागरिकका समस्यालाई दृष्टिगत गरी सामाजिक सुरक्षा भत्ता वितरण गाउँपालिकाबाटै सुरु गरिएको जानकी गाउँपालिकाका
काठमाडाैं। शेयर बजारमा आज आइतबार ३ पटक सर्किट ब्रेक लागेको छ । तेस्रो पटक सर्किट ब्रेक लाग्दा शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेपछि आजलाई कारोबार बन्द भएको छ । आज बजार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११ बजेर २५ मिनेटमा खुलेको
ढोरपाटन,बागलुङ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले मानव अधिकार प्राप्तीका लागि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेको बताएका छन् । ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले कमजोर नागरिकले वर्षौंदेखि अधिकारका लागि लडाइँ गरे पनि प्राप्त गर्न नसकेको उल्लेख गरेका छन् । नागरिकको मानव अधिकारको प्रत्याभूत नभएकै
मकवानपुर। मकवानपुरमा रु एक करोड फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन् । तीनैजनाले यही मङ्सिर १९ गते राति हेटौँडा–९ का सूर्यप्रसाद पौडेलबाट फिरौती रकम मागेका थिए
चौतारा,सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन् । त्यसैगरी गत आर्थिक वर्ष करिब ११ लाख किलो गोलभेँडा उत्पादन गरेर बिक्री गरेका किसानले यस
दमौली। तनहुँको बन्दीपुर गाउँपालिका–४ मा निर्माणाधीन अवलोकेश्वर बौद्ध गुम्बा बनाउन सोही स्थानका गणेशबहादुर गुरुङले रु दस लाख पाँच सय ६५सहयोग गरेका छन् । त्यस्तै, निर्माणाधीन गुम्बाका लागि सहयोग जुटाउने क्रममा उनले सबैभन्दा बढी उक्त रकम उपलब्ध गराएको बताएका छन् । दुई दशकअघि सेवा निवृत्त सैनिक हबल्दार गुरुङले सामाजिक सेवा गर्न
काठमाडाैं। प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकार आयोगले गरेका सिफारिस शतप्रतिशत कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले आयोगका सबै सिफारिस कार्यान्वयनका लागि आफूले प्रयत्न गर्ने बताए । उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐेन
काठमाडाैं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी बैठक आज बस्दै छ । उक्त बैठकमा आगामी निर्वाचन, सङ्गठन विस्ता, चुनावी गठबन्धन, कार्यकारिणी समिति बिस्तार, भ्रातृसंगठन निर्माण लगायतका अजेण्डाहरुमा छलफल हुने कार्यतालिका रहेको छ । त्यस्तै, लोसपाको केन्द्रीय कार्यकारिणी बैठक शनिबार पनि बसेको थियो ।