Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

रियल मड्रिडलाई सुपर कपको उपाधि


काठमाडौं। स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ ।

सोमबार बिहान सकिएको फाइनलमा रियलले बार्सिलोनामाथि ४–१ गोलको एकतर्फी जित निकाल्दै उपाधि उचालेको हो । स्पेनलाई च्याम्पियन बनाउनका लागि भिनिसियस जुनियरले ह्याट्रिक गर्दा रोड्रिगोले १ गोल थपेका थिए । बार्सिलोनाका लागि रोवर्ट लेवान्डोस्कीले सान्त्वना गोल गरे ।

त्यस्तै, रियल मड्रिडका लागि जुनियरले सातौं मिनेटमा जुड बेलिङघमको पासमा गोल गर्दै अग्रता दिलाए । जुनियरले १० औं मिनेटमा रोड्रिगोको पासमा व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरे । ३३ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउन प्रयास गरेका थिए ।

३९ औं मिनेटमा जुनियरले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेपछि रियल ३–१ ले अघि बढेको थियो भने ६४ औं मिनेटमा रोड्रिगोले व्यक्तिगत पहिलो गोल गर्दा रियल मड्रिड ४–१ ले अघि बढेको थियो । ७१ औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । रोनाल्ड अरुगो दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाडेका थिए ।

त्यसपछि थप गोल नभएपछि शानदार जितका साथ रियलले सुपर कपको उपाधि कब्जा गर्न सफल भयो । जितसँगै गत संस्करणको फाइनलमा व्यहोरेको हारको बदला पनि रियलले लिएको छ ।

सो सुपर कपको उपाधि सर्वाधिक जित्ने टोली बार्सिलोना हो भने दोस्रो स्थानमा रियल मड्रिड रहेको छ । बार्सिलोनाले अहिलेसम्म १४ पटक उपाधि जित्दा रियलले १३ पटक जितेको छ ।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?