Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
७ चैत्र २०८२, शनिबार
७ चैत्र २०८२, शनिबार

दिगो शान्तिका लागि थप अग्रसर हुन चाडपर्वले उत्प्रेरित गर्दछ : उपराष्ट्रपति यादव


काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै मुलुकको समृद्धि, विकास, सुशासन, दिगो शान्तिका लागि थप अग्रसर र क्रियाशील हुन माघिजस्ता पर्वले उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

माघ १ गते मनाइने माघी पर्व, माघसङ्क्रान्ति, तिलासङ्क्रान्ति, मकरसङ्क्रान्ति, उत्तरायण, छार म्हेङ, येले संवत्, मकरस्नान र राष्ट्रिय कृषि जैविक विविधता दिवस, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना गरेका छन् ।

माघसङ्क्रान्तिका दिन थारू समुदायले माघी पर्व, मगर समुदायले मौलिक पर्व (नयाँ वर्ष), मधेसी समुदायले तिलासङ्क्रान्ति, किराँत समुदायका राई, लिम्बू, सुनुवार, सुरेल, याक्खा, धिमाललगायतले आफ्ना राजा यलम्बरको स्मरणमा येले संवत्, छन्त्याल समुदायले छार म्हेङ (म्हिलाङे सोङ्ती) पर्वका रुपमा बडो हर्षोल्लास, उमङ्ग, उत्साह र धुमधामका साथ मनाउने परम्परा रहिआएको छ ।

हिन्दू धर्मावलम्बीले पवित्र नदीमा मकरस्नान, सूर्यदेवको पूजा–उपासन गर्दै दान–दक्षिणा दिएर मकरसङ्क्रान्ति मनाउँछन् । नेपाल जैविक विविधतामा धनी मुलुक भएको सन्दर्भमा आजकै दिन राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ ।

“एकै दिन यतिका धेरै पर्व, त्योहार, उत्सव, अनुष्ठान र दिवस मनाइनुले नेपालको विविध संस्कृति, परम्परा, रहनसहन, रीतिरिवाजलगायतलाई सबै नेपालीले सहर्ष स्वीकार गर्दै ऐक्यबद्ध भई अघि बढ्न दृढ सङ्कल्पित रहेको सन्देश सञ्चार गर्दछ, यसले ‘अनेकतामा एकता’ हाम्रो मौलिक पहिचान र विविधतालाई अक्षुण्ण राख्न उत्प्रेरित पनि गर्दछ”, उनिद्वारा जारी शुभकामना सन्देशमा भनिएकाे छ ।

उपराष्ट्रपति यादवले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर मुलुक नेपालमा मनाइने चाडपर्वले जनजनमा नयाँ उमङ्ग र उत्साह भर्दै सबैखाले आपसी वैरभाव, मनोमालिन्यता, मनमुटाव र विभेद् अन्त्यका लागि प्रेरणाको स्रोत बन्न सकोस् । यस अवसरमा सबै क्षेत्र, भूगोल, भूभाग, जाति, वर्ग, समुदाय, भाषा, धर्म र संस्कृतिको सुदृढीकरण गर्दै राष्ट्रिय एकताका साथै मुलुकको आर्थिक समृद्धि र विकासमा एकीकृत र दत्तचित्त भई लाग्न उनले आग्रह गरेका छन् ।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?