काठमाडौँ। विपद्भमा कर्मचारीहरु अत्यावश्यक काममा बाहेक विदामा नबस्ने भएका छन् । हालै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको सचिवस्तरीय बैठकले मनसूनजन्य विपद् व्यवस्थापनका लागि संयन्त्रहरु परिचालन गर्दै विपत्भरी कर्मचारीहरु अत्यावश्यक बाहेक अरु बेला विदामा नबस्ने गरी निर्णय भएको छ । मन्त्रालय/निकाय, सुरक्षा निकाय, विकास साझेदार, संयुक्त राष्ट्र संघीय निकाय, रेडक्रस अभियान
काठमाडौँ। नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले नागरिकको आधारभुत आवश्यकता पूरा गर्ने कुरामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै सांसद भट्टले विपद्जन्य घटना बढिरहेको उल्लेख गर्दै नागरिकको गास, बास र कपासको व्यवस्थामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले मधेस प्रदेशमा खानेपानीको हाहाकार भएको
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आले मगरले प्रधानमन्त्रीको संरक्षणमा भ्रष्टाचार मौलाइरहेको आरोप लगाएका छन् । राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै सांसद आलेमगरले भ्रष्टाचारमा संलग्न मन्त्रीहरुलाई सत्तारुढ दलहरु र प्रधानमन्त्री स्वंयले संरक्षण गरिरहेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचार विरोधी साइनबोर्डहरु उखेलेर फाल्न समेत आग्रह गरे
काठमाडौँ। सरकारी असफलताको कारण नेपालमा जबरजस्ती निष्कासन र आवासविहीनता बढ्दै गएको देखिएको छ । एम्नेस्टी इन्टरनेसनलले मंगलवार ‘कहीँ जाने ठाउँ छैनः नेपालमा जबरजस्ती निष्काषन’ शिर्षकको प्रतिवेदन सार्वजनिक गर्दै निष्कासन र आवासविहीनता बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । सरकारको नीतिगत अस्पष्टता, कानूनी कमजोरी र समन्वयहीनताको कारण दलित, आदिवासी जनजाति
काठमाडौँ। नेपालको वैदेशिक व्यापारघाटा २०८१/८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार वैदेशिक व्यापार घाटा अघिल्लो आ.व.को तुलनमा १ खर्ब भन्दा बढिले वृद्धि भएको हो । नेपालको वैदेशिक व्यापार घाटा २०८०/८१ मा १४ खर्ब ४० अर्ब व्यहोरेकोमा २०८१/८२ मा १५ खर्ब २७ अर्ब ब्यापार
काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. शशांक कोईरालाले राजनीतिमा उत्तारचढाव आइरहने भन्दै त्यसमै रमाउन सक्नुपर्ने बताएका छन् । मंगलवार काठमाडौंमा विपी आत्मवृतान्तका कथा नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजनीतिमा हुने उत्तारचढावमा रमाउनसक्नेले नै राजनीति गर्न उचित हुने उल्लेख गरे । आफू चिकित्सक भएपनि अहिले राजनीतिमा
काठमाडौँ। सहकारी वचत तथा संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले सहकारी पीडितको वचत रकम फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेको छ । सहकारी वचतकर्ताको वचत रकम फिर्ता गर्न र पीडकलाई कारबाहीको माग गर्दै महासंघले मंगलवार काठमाडौंमा मोटरसाइकल र्याली गरेको छ। साथै महासंघले १६ समस्याग्रस्त सहकारीहरुको सूचि सहकारी नियमन प्राधिकरणमा बुझाएको छ ।
काठमाडौँ। एक वर्ष नेपालमा बस्नका लागि २ हजार ३ सय विदेशीले श्रम स्वीकृति लिएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार हाल ७४ देशका नागरिकहरु नेपालमा अनुमति लिएर बसिरहेका छन् । विभागकाअनुसार २०८१/८२ मा ७०० जना विदेशीले नेपालमा बस्नका श्रम इजाजत दिइएको
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले राष्ट्रिय सभामा राखेको ‘कुलिङ अफ पिरियड’ माथिको संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउने चेतावनी दिएका छन् । मंगलवार ४३ औँ विपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सो चेतावनी दिएका हुन् । उनले प्रतिनिधि सभाबाट भएको कुलिङ पिरियडसम्बन्धी गल्तीलाई राष्ट्रिय
काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले काँग्रेसको कोर भ्याल्युजमा एमालेले आक्रमण गरिरहेको आरोप लगाएका छन् । विपी स्मृति दिवसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकामा एउटै पार्टीको नेतृत्व नहुने स्थितिमा मिलेर सरकार बनाउनेकुरा राम्रो भएपनि आफ्नो महत्व काँग्रेसले बिर्सिन नहुने बताए ।