Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

सरकारले कहिल्यै दलहरुलाई अवमूल्यन गरेको छैनः कानूनमन्त्री सिन्हा


काठमाडौँ।अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले राजनीतिक दलहरुलाई कहिल्यै पनि अवमूल्यन नगरेको बताएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरुलाई अवमूल्यन गरेको विश्लेषण भइरहेका बेला उनले यस्तो दाबी गरेका हुन् । शुक्रवार सिंहदरवारमा बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले असन्तुष्ट पक्षहरुसँगको पटक पटक छलफल गर्नुपर्ने बाध्यताले राजनीतिक दलहरुसँगको सम्पर्क केही ढिला हुन गएको पनि स्पष्ट पारेका छन् । सरकारले राजनीतिक दलहरुलाई अवमूल्यन गरेर अघि बढ्दा असहज परिस्थिति आउँछ भनेर अनुभुति गरिरहेको उनको भनाई थियो । मन्त्री सिन्हाले वर्तमान सरकारले प्रतिनिधि सभाको निर्वाचन गराएर जनप्रतिनिधिहरुलाई सत्ता हस्तान्तरण गर्ने एक मात्रै लक्ष्य लिएपनि असन्तुष्ट पक्षको सुनुवाई गर्नुपर्ने, सरकारको दैनिक काम पनि गर्नुपर्ने भएकाले निर्वाचनको तयारीको कामले तीव्रता नपाएजस्तो देखिएको पनि तर्क गरेका छन् । उनले शुरुका दिनमा सरकारले जेन–जी समूहहरुसँगको छलफलमा धेरै समय बिताउनुपरेको पनि उल्लेख गरे ।

मन्त्री सिन्हाले भने,‘हामी संसदीय अभ्यास अलिकति बे्रक भएको बेलामा यसको एउटा पुल निर्माण गरेर पुन जनप्रतिनिधिहरुलाई हस्तान्तरण गर्नको निमित्त एक मात्र लक्ष्य लिएर हिँडेका छौँ । तर चुनाव मात्रै लक्ष्य रहँदैन रहेछ । चुनावको तयारीको क्रममा गर्नुपर्ने विभिन्न कामको साथसाथै असन्तुष्ट कतिपय पक्षको कुरा सुन्नुपर्ने कारणले गर्दा र सरकारको दैनिकी समेत सञ्चालन गर्नुपर्ने कारणले गर्दा हामीहरु अलिकति ढिलो भएको हो । हामीहरुले दलहरुसँग सम्पर्क गर्न केही ढिला भएकै थियो । जेन–जीका जुन समूहहरु हुनुहुन्छ । उहाँहरुसँगको पटक पटकको छलफलमा धेरै समय गएको पनि थियो । र, यो सरकारले कहिल्यै पनि दलहरुलाई अवमूल्यन गरेको छैन भन्ने कुरा यहाँहरुलाई अनुरोध गर्न चाहन्छु । दललाई अवमूल्यन गर्दाखेरी कस्तो असहज अवस्था सृजना भएको थियो भनेर हामीले अनुमूति गरिसकेका छौ । हामीले शुरुशुरुमा सुरक्षाको प्रत्याभूति दिनुपर्ने अवस्था थियो । अल्पकालिन सुरक्षाको प्रत्याभूतिको अवस्था थियो । मध्यकालीन र दिर्घकालीन ३ वटै सोच बनाउनुपर्ने कारणले गर्दा सुरुको स्थिति सम्हाल्नको निमित्त हामीहरुलाई गाह्रो परेकै हो । हामी नेपाली नागरिकहरु कति सुर छौँ भन्नेकुरा कहाँबाट देखियो भने त्यत्रो घटना भएको तेस्रो दिनदेखि बाटोमा निस्केर सौहार्दपूर्ण वातावरण निर्माण गर्न जनतानै लागि रहनुभएको थियो । जुत्ता, चप्पल, लुगा केही नभएका, पकाउन भाँडा नभएका, पकाउने सामान नभएका हाम्रा सुरक्षाकर्मीहरुलाई जनताले नै यति सहयोग गर्नु भयो कि त्यसका निम्ति आभार व्यक्त गर्ने मसँग शब्द नै छैन ।’

मन्त्री सिन्हाले मुलुकको सुरक्षा अवस्थालाई सहज बनाउन सर्वसाधारण जनताले प्रहरीलाई गरेको सहयोगको समेत खुलेर प्रशंशा गरेका छन् । उनले सुरक्षा व्यवस्थालाई सहज बनाउने कठिन कार्यमा सरकारलाई सर्वसाधारण जनताले ठूलो साथ दिएको समेत बताएका छन् ।


प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?