Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

तेस्रो ट्रान्स–हिमालय सञ्चार तथा सामाजिक विकास सम्मेलन शुरु


काठमाडौँ। तेस्रो ट्रान्स–हिमालय सञ्चार तथा सामाजिक विकास सम्मेलन शुरु भएको छ ।

शुक्रवारबाट बल्खुस्थित क्यामेरा बिल्डिङमा शुरु भएको सम्मेलन शनिवार सम्पन्न हुनेछ । त्रिभूवन विश्वविद्यालयको केन्द्रिय पत्रकारिता तथा आमसञ्चार विभाग र चीनको इलेक्ट्रोनिक विज्ञान तथा प्रविधि विश्वविद्यालयको सार्वजनिक प्रशासन स्कुलद्वारा संयुक्त रूपमा सम्मेलन आयोजना गरिएको हो । दुई दिने सम्मेलनले संयुक्त राज्य अमेरिका, चीन, बंगलादेश, भूटान, भारत, श्रीलंका, जापान र नेपालका विद्वान र अनुसन्धानकर्ताहरूलाई सञ्चारका विभिन्न पक्षहरूमा आफ्नो अनुसन्धान प्रश्तुत गर्न एकसाथ ल्याउनेछ ।

त्रिभूवन विश्वविद्यालयका उपकुलपति दीपक अर्यालले उद्घाटन मन्तव्य दिएका छन् भने त्रिभूवन विश्वविद्यालयका रेक्टर खड्ग केसीले बदलिँदै गएको भूराजनीतिक गतिशीलता र विश्वव्यापी सञ्चारको औचित्य विषयमा आफ्ना धारणा राखेका छन् । सम्मेलनले सीमापार संवाद र सहकार्यको लागि प्लेटफर्मको रूपमा काम गर्ने विश्वास लिइएको छ ।

ट्रान्स–हिमालय क्षेत्रमा सञ्चार, सामाजिक विकास र उदीयमान चुनौतीहरूमा ज्ञान आदानप्रदानलाई बढावा दिने आयोजकको विश्वास छ । प्रमुख विद्वानहरूमा एल पासोस्थित टेक्सास विश्वविद्यालयका अरविन्द सिंघल उपस्थित रहेका छन् ।


प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?