Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

तेस्रो ट्रान्स–हिमालय सञ्चार तथा सामाजिक विकास सम्मेलन शुरु


काठमाडौँ। तेस्रो ट्रान्स–हिमालय सञ्चार तथा सामाजिक विकास सम्मेलन शुरु भएको छ ।

शुक्रवारबाट बल्खुस्थित क्यामेरा बिल्डिङमा शुरु भएको सम्मेलन शनिवार सम्पन्न हुनेछ । त्रिभूवन विश्वविद्यालयको केन्द्रिय पत्रकारिता तथा आमसञ्चार विभाग र चीनको इलेक्ट्रोनिक विज्ञान तथा प्रविधि विश्वविद्यालयको सार्वजनिक प्रशासन स्कुलद्वारा संयुक्त रूपमा सम्मेलन आयोजना गरिएको हो । दुई दिने सम्मेलनले संयुक्त राज्य अमेरिका, चीन, बंगलादेश, भूटान, भारत, श्रीलंका, जापान र नेपालका विद्वान र अनुसन्धानकर्ताहरूलाई सञ्चारका विभिन्न पक्षहरूमा आफ्नो अनुसन्धान प्रश्तुत गर्न एकसाथ ल्याउनेछ ।

त्रिभूवन विश्वविद्यालयका उपकुलपति दीपक अर्यालले उद्घाटन मन्तव्य दिएका छन् भने त्रिभूवन विश्वविद्यालयका रेक्टर खड्ग केसीले बदलिँदै गएको भूराजनीतिक गतिशीलता र विश्वव्यापी सञ्चारको औचित्य विषयमा आफ्ना धारणा राखेका छन् । सम्मेलनले सीमापार संवाद र सहकार्यको लागि प्लेटफर्मको रूपमा काम गर्ने विश्वास लिइएको छ ।

ट्रान्स–हिमालय क्षेत्रमा सञ्चार, सामाजिक विकास र उदीयमान चुनौतीहरूमा ज्ञान आदानप्रदानलाई बढावा दिने आयोजकको विश्वास छ । प्रमुख विद्वानहरूमा एल पासोस्थित टेक्सास विश्वविद्यालयका अरविन्द सिंघल उपस्थित रहेका छन् ।


प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?