Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

समाचार


सिचुवान एयरलाईन्सले पोखरा–छेन्दु–अष्ट्रेलिया उडान भर्ने

काठमाडौँ। पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाईन्सले पोखरा–छेन्दु–अष्ट्रेलियाको उडान भर्ने तयारी गरेको छ । सिचुवान एयरलाईन्सले अक्टोबरदेखी पोखरा विमानस्थलबाट चीनको छेन्दु र त्यहाँबाट अष्ट्रेलियाको उडान गर्नेगरी तयारी गरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले जानकारी दिएका छन् । पोखरा–छेन्दु–अष्ट्रेलियाको उडानले नेपाली यात्रुहरुलाई धेरै सहज हुने उनले बताए ।

भुक्तानी तथा फर्स्यौट ऐन–२०७५ लाई संशोधन गरिँदै

काठमाडौँ। सरकारले भुक्तानी तथा फस्र्यौट ऐन–२०७५ लाई संशोधन गर्ने भएको छ । सरकारले उक्त ऐन लाई संशोधन गर्ने उद्देश्यले ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) ऐन, २०८२’ को मस्यौदा अर्थमन्त्रालयले तर्जुमा गरेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको बुँदा नं. ३२२ मा नेपाल राष्ट्र बैंक सम्बन्धी कानूनमा सामयिक

विधिवत रुपमा इन्द्रजात्रा शुरु (तस्बिरसहित)

काठमाडौं। काठमाडौं उपत्यकामा विधिवत रुपमा इन्द्रजात्रा शुरु भएको छ । बिहीवार विहान १०ः३१ बजे पूजाआज होमसहित क्षमा पूजा गरी (ध्वजोत्थान) ध्वजा पताकाहरुले सजिएको लिङ्गोलाई डोरीको सहायताले तानेर उठाएसँगै काठमाडौंमा विधिवत रुपमा इन्द्र जात्राको प्रारम्भ भएको हो । भदौ २१ गतेदेखि २६ गतेसम्म कुमारी, गणेश र भैरव रथयात्रा हुने बताइएको छ

नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । बिहीवार गृह मन्त्रालयमा एक समारोहकाबीच गृहसचिव गोकर्णमणि दुवाडीले उनलाई फुली लगाइदिएका हुन् । यही भदौ १३ मा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । दज्र्यानी चिन्ह लिँदै उनले सरकारले दिएको

सहकारीलाई व्यवस्थित गर्न सहकारी ऐन परिवर्तन गर्न तयार छौँः मन्त्री अधिकारी

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई व्यवस्थित गर्नेगरी अघि बढ्न सरकार सहकारी ऐन परिवर्तन गर्न तयार रहेको बताएका छन्  । नेपाल सहकारी पत्रकार समाजको आयोजनामा बिहीवार भएको संस्थाको १५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा कति सहकारीहरु सञ्चालन

गाजापट्टीमा इजरायली आक्रमणः ६४ प्यालेस्टिनीको मृत्यु

काठमाडौँ। गाजापट्टीमा इजरायली आक्रमणमा कम्तिमा ६४ प्यालेस्टिनीको मृत्यु भएको छ । इजरायली सेनाले विस्तारित लडाईं अघि गाजा शहरका बासिन्दाहरूलाई त्यहाँबाट बाहिर निस्कन आग्रह गरेको थियो । गाजाको नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताएअनुसार गाजा शहरको दक्षिणपश्चिममा रहेको ताल अल–हवा छिमेकमा रहेको एउटा अपार्टमेन्ट भवनमा इजरायली विमानले बम विष्फोट गर्दा १४

सातै प्रदेशमा अटिजम स्कुल आवश्यकः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताएका छन् । मन्त्रालयमा बुधवार आयोजित अटिजमको उपचार, रोकथाम लगायतका सम्बन्धमा प्रा डा दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिले बुझाएको अध्ययन प्रतिवेदन ग्रहण गर्दै उनले बताए । प्रारम्भिक चरणमा सबै प्रदेशमा एक÷एक वटा अटिजम स्कुलको खाँचो औँल्याएका छन् ।

सरकारले मल कारखाना स्थापना गर्न ढिलाई नगरोस्ः विनोद चौधरी

काठमाडौँ। सत्तारुढ नेपाली काँग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले मल कारखाना तत्काल स्थापना गर्न सरकारसँग माग गरेका छन् । मल कारखाना खोल्ने कुरामा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत तदारुकता देखाएको उल्लेख गर्दै उनले त्यसको निर्णय लिन सरकारलाई सचेत गराएका हुन् । बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै

वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न सक्दैनः पुष्पकमल दाहाल

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न नसक्ने बताएका छन् । भ्रष्ट र दलालहरुले काँग्रेस–एमाले गठबन्धन बनाएको आरोप लगाउँदै उहाँले वर्तमान सरकारले भ्रष्टाचार, बेथिति र अराकजताविरुद्ध केही पनि गर्न नसक्ने बताएका छन् । दलाल, विचौलियाहरुले आफू अनुकूल काम गराउन

नागरिकता बस र सिनेमाको टिकट जसरी दिनहुन्नः प्रेम सुवाल

काठमाडौँ। नेपाल मजदुर किसान पार्र्टीका सांसद प्रेम सुवालले नेपालको नागरीकता बसको टिकट जसरी दिन नहुने बताएका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले नागरीकता सम्बन्धि विधेयकको दोस्रो संसोधनले राम्रो मात्रै होला भन्न नसकिने बताएका हुन् । खुला सीमाना भएको देश नेपालमा जन्मको आधारमा मात्र नागरिकता दिनुपर्ने विषयमा उनले

सम्वन्धित समाचारहरु