काठमाडौँ। सत्तारुढ नेपाली काँग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले मल कारखाना तत्काल स्थापना गर्न सरकारसँग माग गरेका छन् ।
मल कारखाना खोल्ने कुरामा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत तदारुकता देखाएको उल्लेख गर्दै उनले त्यसको निर्णय लिन सरकारलाई सचेत गराएका हुन् । बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सांसद चौधरीले सो कारखाना बर्दघाटमा नै स्थापना गर्न पनि सरकारलाई सुझाव दिंदै मलको कृतिम अभाव हुन नदिन पनि सरकारको ध्यानाकर्षण गराए । सांसद चौधरीले उखु किसानलाई उचित अनुदान दिने व्यवस्थालाई निरन्तरता दिनुको विकल्प नरहेको पनि बताएका छन् ।
उनले भने,‘जतिखेर उखुको मूल्य समयमा नै तोकिदैन थियो । त्यसका लागि विभिन्न सडकदेखि सदनसम्म र मन्त्रालयसम्म संघर्ष गर्दै, प्रयास गर्दै समयमा नै मूल्य तोकिने कुरामा पनि ठूलो भूमिका खेले भन्ने मेरो मान्यता हो । त्यो बाहेक प्रति क्वीन्टल ७० रुपैयाँ गत सरकारको बेलामा थप सपसिटी दिने व्यवस्थाको सुरुवात पनि हामीले त्यही बेलाबाट गराएका हौं । तबदेखि केही हदसम्म भएपनि किसानले राहत पाएका थिए । एउटा कुरा के बुझ्न जरुरी छ भने खासगरी मेरो क्षेत्रको कुरा गर्नु भयो । यो केराको हकमा ४ दोब्बर मल लाग्छ । नेपालको मल वितरण गर्ने प्रणाली र यो कुन ठाउँमा कति दिनुपर्ने हो भन्ने कुरा त्यहाँको उत्पादन, त्यहाँको खेती, त्यहाँको किसानको स्थितिलाई हेरेर त्यसको निक्र्यौल गर्नुपर्ने हो । र, त्यसको व्यवस्थित खाका सार्नुपर्ने हो । त्यो भएको छैन । त्यो कनिका छराइको हिसावले केही ठाउँमा मल प्रयोगमा नआएर कुहिएर बसेको अवस्था छ भने हाम्रो जस्तो क्षेत्रमा किसान जहिले पनि मलको लागि तडपिराखेका छन । म कृषिमन्त्रीजीलाई फेरी पनि भन्न चाहन्छु–सबभन्दा पहिला वितरण प्रणालीलाई व्यवस्थित गर्नु पर्यो । दुई ७ लाख न्युनतम मलको माग भएकोमा ४ लाख भन्दा बढि मलको जोहो गर्न सक्दैनौं । त्यो भनेको सर्टेज हुनु स्वभाविकै हो । अर्को मलको कारोबार गर्ने विचौलियाहरुले कृतिम अभाव सृजना गर्ने श्रृंखला कहिल्यै पनि सकिएन । त्यसलाई सिध्याउनु प¥यो । चौंथो सबभन्दा महत्वपूर्ण कुरा यसको कारखाना खोल्ने क्रममा अहिलेको वर्तमान सरकारले सम्माननीय प्रधानमन्त्री, उद्योगमन्त्री, कृषिमन्त्रीले लिएको तदारुपकताबारे मैले छापामा पनि पढेको छु । त्यसको अन्तिम निर्णय तत्काल सरकारले गरोस । नेपालमा यो कारखाना खुल्न सक्छ । बर्दघाटमा नै यो कारखाना खुल्नु पर्छ ।’
सांसद चौंधरीले मलको वितरण प्रणालीलाई व्यवस्थित बनाउन सरकारले ढिलाई गर्न नहुने समेत बताए ।
प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार