Trending
>>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

समाचार


कोलम्बियामा ६० लाख व्यक्ति प्राकृतिक ग्यासबाट बञ्चित

११ जेठ, एजेन्सी । दक्षिणपश्चिम कोलम्बियामा बुधबारसम्म ६० लाख मानिस प्राकृतिक ग्यासको पहुँचबाट बञ्चित भएका छन् । मध्याह्नदेखि नै काका र भाले डेल काउकाको पश्चिमी क्षेत्रमा “प्राकृतिक ग्यास सेवामा पूर्ण प्रतिबन्ध’ लगाइएको ‘युटिलिटी ग्यासेस डे ओक्सिडेन्ट’ले जनाएको छ । खानी मन्त्रालयका अनुसार यो सङ्कटले देशको मध्य र दक्षिणपश्चिममा रहेका अन्य पाँच

राजमार्गमा ऐँसेलु बेच्नेहरु…

११ जेठ, कास्की । वनपाखा चहारेर ऐँसेलु टिप्छन्। मल्लाताको हरियो पातलाई सोली आकारमा बेर्छन्। त्यसैमा ऐँसेलु भर्छन् र राजमार्ग छेउ आइपुग्छन्। ऐँसेलु टकार्दै गाडीको झ्यालतिर हात लम्काउँछन्। यात्रुलाई ऐँसेलु किन्न विनयपूर्वक आग्रह गर्छन्। कसैले गाडी रोकेर ऐँसेलु किन्छन्, कोही वास्तै नगरी हुइँकिन्छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका-३ काँडेका कतिपय महिलाले हिजोआजको दैनिकी यसरी

हैजा लागेर दक्षिण अफ्रिकामा १७ जनाको मृत्यु

११ जेठ, एजेन्सी । दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म हैजाको प्रयोगशालामा पुष्टि भएका बिरामीको सङ्ख्या २९ पुगेको छ भने १७ जनाले ज्यान गुमाएका विभागले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।

आजदेखि बागमती प्रदेशमा सार्वजनिक सवारीको भाडा घट्ने

११ जेठ, काठमाडाैँ । पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन नगरेको भन्दै आलोचना भएपछि अन्ततः बागमती प्रदेश सरकारले भाडा समायोजन गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब पाँच प्रतिशतका दरले प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीको साधनको भाडा

रूकुम जिप दुर्घटना अपडेट : ४ जनाको मृत्यु, ८ जना घाइते

११ जेठ, रूकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –८ दुलीमा जिप दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ घाइते भएको बताइएको छ । घटनास्थलबाट सानीभेरी गाउँपालिका -३ का नवराज पुनले दिनुभएको जानकारी अनुसार सानीभेरी गाउँपालिकाको वडा नम्बर ५ मेल चौरबाट दुलीहुँदै

आत्मघाती आक्रमणमा तीन सुरक्षाकर्मी मारिए

११ जेठ, एजेन्सी । उत्तरपश्चिम पाकिस्तानको सुरक्षा जाँच चौकीमा भएको आत्मघाती आक्रमणमा परी तीन जना सुरक्षाकर्मीसहित चार जनाको मृत्यु भएको छ । उत्तरी वजिरिस्तान जिल्लाको मीरअलिमा रहेको सुरक्षा जाँच चौकीमा एक जना आत्मघाती आक्रमणकारीले आफूलाई विष्फोट गराउँदा तीन जना सुरक्षाकर्मी र एक जना सर्वसाधारणले ज्यान गुमाएका वजिरिस्तानका डेपुटी कमिश्नर रेहान गुल

घट्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?

११ जेठ, काठमाडाैँ  आज नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ। आज सुनको मूल्य प्रतितोला एक हजारले घटेर छापावाल सुन १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएका छापावाला

रुकुमपश्चिममा जिप दुर्घटना : पाँच जनाको अवस्था गम्भीर

११ जेठ, रूकुम । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज भएको जिप दुर्घटनामा परेर पाँचजना गम्भीर घाइते भएका छन् । प्रहरी निरीक्षक एवम सूचना अधिकारी विष्णु श्रेष्ठका अनुसार गम्भीर घाइते पाँचै जनालाई उपचारका लागि केहीबेर अघि हेलिकोप्टरमा बाँकेको नेपालगन्ज लगिएको छ । अन्य घाइतेलाई जिल्ला अस्पताल सल्ले ल्याइएको छ । जिपमा

हिले–छिन्ताङ त्रिवेणी सडकको काम धमाधम

११ जेठ, भोजपुर । कालोपत्र गर्ने लक्ष्यका साथ भोजपुरमा निर्माण भइरहेको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडकको काम धमाधम भइरहेको छ । दश किलोमिटर लामो सडकको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत कोशी प्रदेश सरकारको रु २९ करोड ७२ लाख ९८ हजार ६३ लागतमा सडकको निर्माण थालिएको हो

कर्जन्हामा जग्गाधनीलाई लालपुर्जा वितरण

११ जेठ, सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा  नापी कार्यालय मिर्चैयाले जग्गाधनीलाई प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ । पुस्तौँपुस्तादेखि भोगचलन गर्दैआएकालाई लालपुर्जा वितरण गरिएको हो । कर्जन्हा नगरपालिका–६, ७ र ८ का एक सय ५० परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो । बाँकीलाई कार्यालयले सम्बन्धित वडामा नै लालपुर्जा उपलब्ध गराउने विषेश नापी

सम्वन्धित समाचारहरु