Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कर्जन्हामा जग्गाधनीलाई लालपुर्जा वितरण


११ जेठ, सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा  नापी कार्यालय मिर्चैयाले जग्गाधनीलाई प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ । पुस्तौँपुस्तादेखि भोगचलन गर्दैआएकालाई लालपुर्जा वितरण गरिएको हो ।

कर्जन्हा नगरपालिका–६, ७ र ८ का एक सय ५० परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो । बाँकीलाई कार्यालयले सम्बन्धित वडामा नै लालपुर्जा उपलब्ध गराउने विषेश नापी कार्यालय मिर्चैयाका १ नं नापी टोलीका प्रमुख आशुतोषकुमार यादवले जानकारी दिए ।

लालपुर्जाबाट बञ्चित जग्गाधनीले पुर्जा पाएपछि खुसी व्यक्त गरेका छन् । विशेष नापी कार्यालय मिर्चैयाले २०६३ सालदेखि सिरहामा जग्गाको नापजाँच गर्दै आएको कार्यालय प्रमुख दिलीपकुमार सिंहले बताए ।


प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?