Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

समाचार


पुष्प मेलामा रु एक करोड १७ लाखको कारोबार

काठमाडौं। गत मङ्गलबादेखि सुरु भएको पुष्प मेलामा रु एक करोड १७ लाखको कारोबार भएको छ भने रु एक करोड कारोवार हुने लक्ष्य राखेर सुरु गरिएको उक्त मेलामा लक्ष्यभन्दा रु १७ लाख बढीको कारोबार भएको आयोजक संस्थाले जनाएको छ । फ्लोरिकल्चर एशोसिएशसन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङका अनुसार मेलामा ४५

भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको उद्धार तथा राहतका लागि सरकारको राहत कोषमा रू २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको सचिवालयको बैठकले पार्टीका नेता तथा कार्यकर्ताबाट रकम सङ्कलन गरेर भूकम्पपीडितलाई सहयोग गर्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका

लागुऔषधसहित वीरगञ्जबाट दुई जना पक्राउ

काठमाडौं। लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले वीरगञ्ज-१६ रजतजयन्ती चोकमा चेकजाँचको क्रममा भारत बिहारको मोतीहारी जिल्लाका २७ वर्षीय भुलावन पटेललाई खैरो हिरोइनजस्तो देखिने पदार्थ ४९.५२० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै प्रहरीले रजतजयन्ती चोकबाटै बाराको कलैया उपमहानगरपालिका-६ बस्ने वर्ष ३१ का सन्तोष महतोलाई पक्राउ गरेको हो ।

भाइटिकाको शुभ साइत सार्वजनिक

काठमाडौं। यस वर्षको भाइटिकाको शुभ साइत सार्वजनिक भएको छ । उक्त समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले विज्ञप्ति जारी गर्दै भाइटिकाको साइत सार्वजनिक गरेका हुन् । आगामी कात्तिक २९ गते बुधवारका दिन रहेको भाइटिकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा औषधिसहित अत्यावश्यक वस्तुको सहजता होस्ः समिति

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले जाजरकोट र रुकुमपश्चिमलगायत भूकम्प प्रभावित क्षेत्रमा औषधिसहित दैनिक उपभोग हुने अत्यावश्यक वस्तुको सहज व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । उक्त समितिको आजको बैठकले व्यक्ति र संस्थागतरुपमा प्राप्त राहत र सहयोग एकद्वार प्रणालीबाट वितरणको प्रभावकारी व्यवस्था मिलाउन भनेको छ

महसुल नतिरेपछि प्राधिकरणले काट्यो भौतिक पूर्वाधार मन्त्रालयको बिजुली

काठमाडौं। विद्युत् महसुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रले गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बिजुली काटिदिएको छ । ६० दिनभन्दा धेरै समय बक्यौता नतिरेपछि मन्त्रालयको बिजुली काटिएको पोखरा वितरण केन्द्रले जनाएको छ भने वितरण केन्द्रका अनुसार मन्त्रालयले २७ हजार ६५ रुपैयाँ बक्यौता तिर्नेछ । पछिल्लो

रास्वपाले मधेसमा गर्न लागेको बैठक स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसमा गर्न लागेको केन्द्रीय समिति र संसदीय दलको बैठक स्थगित गरेको छ । उक्त पार्टी संयन्त्र भूकम्प पीडितको उद्धार र राहतमा संलग्न रहेकाले बैठक स्थगति गरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । कात्तिक २२ र २३ गतेका लागि मधेसमा केन्द्रीय समिति र संसदीय दलको बैठक

सुन-चाँदीका सिक्का (असर्फी) किन्नेको घुइँचो ( फोटोफिचर )

काठमाडौं । तिहार (धनतेरस) का लागि सुन र चाँदीका सिक्का किन्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको छ । नेपाल राष्ट्र बैंकले टक्सार महाशाखा मार्फत तिहारका लागि १९ देखि २४ कात्तिकसम्म सुन र चाँदीका सिक्का बिक्री सुरु गरेको छ । राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम र २५

गुल्मीमा राहदानी बनाउन एकदिन अगावै टोकनको व्यवस्था

गुल्मी। गुल्मीमा राहदानी बनाउनेको भीड लागेपछि जिल्ला प्रशासन कार्यालयले एकदिन अगावै टोकन उपलब्ध गराउन थालेको छ । दशैँ र तिहारजस्ता पर्वको मौका छोपी राहदानी बनाउन आउनेको भीड बढेकाले एकदिन अगावै टोकन वितरण सुरु गरिएको उक्त कार्यालयले जनाएको छ । दैनिकरूपमा सरदर ४० वटा राहदानीको आवेदन सङ्कलन गर्ने क्षमता रहेको कार्यालयमा

बाँकेमा भूकम्पबाट घाइते ४१ पुगे

नेपालगञ्ज,बाँके। बाँकेस्थित भेरी अस्पताल नेपालगञ्जमा भूकम्पबाट घाइते भएका ४१ जनाको उपचार भइरहेको छ । गएराति एम्बुलेन्सबाट थप तीन जना बिरामीलाई यहाँ ल्याएपछि उपचाररतको सङ्ख्या ४१ पुगेको नेपालगञ्जका ‘फोकलपर्सन’ तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । उनीहरु तीनै जना जाजरकोटका हुन् । उनले अस्पतालमा अहिलेसम्म १८ पुरुष र २३ महिलाको

सम्वन्धित समाचारहरु