Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

महसुल नतिरेपछि प्राधिकरणले काट्यो भौतिक पूर्वाधार मन्त्रालयको बिजुली


काठमाडौं। विद्युत् महसुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रले गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बिजुली काटिदिएको छ । ६० दिनभन्दा धेरै समय बक्यौता नतिरेपछि मन्त्रालयको बिजुली काटिएको पोखरा वितरण केन्द्रले जनाएको छ भने वितरण केन्द्रका अनुसार मन्त्रालयले २७ हजार ६५ रुपैयाँ बक्यौता तिर्नेछ । पछिल्लो समय केन्द्रले महसुल बुझाउन अटेर गर्ने, ६० दिनभन्दा बढी बक्यौता भएको ग्राहकको लाइन काटी महसुल सङ्कलन गर्ने कामलाई तीव्र पारेको छ । केही दिनअघि नै लाइन काट्ने तयारी गरिए पनि कास्की कारागारले समय माग गरेकोले एक साता थप गरिएको थियो, तर थप गरिएको समयभित्र बाँकी बक्यौता महसुल नबुझाएपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

उक्त प्राधिकरणले सोलारले काम गरेको र सोलारको क्षमता सकिएपछि विद्युत् आपूर्ति ठप्प हुने जनाएको छ । यता दुई लाइन जडान गरिएका कारण बिजुली काटिए पनि मन्त्रालयमा कहीँ समस्या नभएको मन्त्रालयको भनाइ रहेको छ । उक्त केन्द्रले ६० दिनभन्दा बढी बक्यौता बाँकी भएको १ सय ७ ग्राहकको लाइन शनिबार काटेको थियो भने १ सय ७ ग्राहकले १२ लाख ९९ हजार ८३४ रुपैयाँ महसुल बुझाउन बाँकी थियो । यसैगरी, शनिबार नै ४७ ग्राहकले पाँच लाख ३८ हजार ५८४ रुपैयाँ बक्यौता बुझाएपछि लाइन पुनः जोडिएको प्राधिकरणले जनाएको छ ।


प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?