Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

सुन-चाँदीका सिक्का (असर्फी) किन्नेको घुइँचो ( फोटोफिचर )


काठमाडौं । तिहार (धनतेरस) का लागि सुन र चाँदीका सिक्का किन्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको छ । नेपाल राष्ट्र बैंकले टक्सार महाशाखा मार्फत तिहारका लागि १९ देखि २४ कात्तिकसम्म सुन र चाँदीका सिक्का बिक्री सुरु गरेको छ । राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम र २५ ग्रामको बिक्रीमा ल्याएको छ भने सुनका असर्फी १० ग्राम, ५ ग्राम र २.५ ग्रामको बिक्रीमा ल्याएको केन्द्रीय बैंकले जनाएको छ । त्यस्तै, तिहारका लागि राष्ट्र बैंकको टक्सार महाशाखा बबरमहलमा सुनका असर्फी र चाँदीका सिक्का किन्न सर्वसाधारणको लामो लाइन लागेको हो ।

चाँदीको सिक्का १० ग्रामको मूल्य १६ सय रुपैयाँ र २५ ग्रामको ४ हजार रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ भने चाँदीको सिक्का १० ग्राममा लक्ष्मी, गणेश, गजलक्ष्मी र गाईको चित्र अंकित रहेको केन्द्रीय बैंकले जनाएको छ । सुनको असर्फीको मूल्य भने हरेक दिन बिहान ११ बजे सार्वजनिक गर्ने छ भने सोमबारका लागि १० ग्रामको १ लाख १ हजार ९३५ रुपैयाँ, ५ ग्रामको ५० हजार ९६८ रुपैयाँ र २.५ ग्रामको २५ हजार ४८४ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।

 


प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?