Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

गुल्मीमा राहदानी बनाउन एकदिन अगावै टोकनको व्यवस्था


गुल्मी। गुल्मीमा राहदानी बनाउनेको भीड लागेपछि जिल्ला प्रशासन कार्यालयले एकदिन अगावै टोकन उपलब्ध गराउन थालेको छ । दशैँ र तिहारजस्ता पर्वको मौका छोपी राहदानी बनाउन आउनेको भीड बढेकाले एकदिन अगावै टोकन वितरण सुरु गरिएको उक्त कार्यालयले जनाएको छ । दैनिकरूपमा सरदर ४० वटा राहदानीको आवेदन सङ्कलन गर्ने क्षमता रहेको कार्यालयमा हिजोआज दैनिक ९० देखि एक सयसम्म राहदानीपका लागि आवेदन सङ्कलन हुने गर्दछ । उक्त कार्यालयमा अहिले सेवा लिने सेवाग्राहीको सङ्ख्या बढेकाले भीडभाड कम गर्न एक दिनअगावै टोकन वितरण गर्ने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए । उक्त कार्यालयको क्षमताभन्दा बढी सेवाग्राहीको चाप भएकाले कार्यालय समय अतिरिक्त थप समय व्यवस्था गरेर दैनिक एक सय जनाको राहदानीका लागि आवेदन फाराम सङ्कलन गर्ने गरिएको र सोहीअनुसार एक दिन अगाडि नै टोकन वितरण गर्ने गरिएको उनले बताए । टोकन वितरण गर्दा व्यवस्थित हुने र पालोमा मात्रै सेवाग्राही उपस्थित हुने भएकाले भीड पनि कम हुने जनाइएको छ ।

उक्त कार्यालयको क्षमताभन्दा पनि सेवाग्राहीलाई प्राथमिकतामा राखेर कार्यालयले सेवा प्रवाह गरेको सहायक प्रमुख जिल्ला अधिकारी गैरेको भनाइ रहेको थियो । अहिले देश तथा विदेशबाट पर्व मनाउन गाउँघर आउनेका साथै समयको सदुपयोग गरेर नागरिकताको साथमा राहदानी बनाउने सेवाग्राही बढी हुने गरेको प्रशासन फाँटका नायब सुब्बा प्रेम खनालले बताए । यसैगरी नागरिकता लिने सेवाग्राहीको सङ्ख्यामा पनि उल्लेखनीयरुपमा वृद्धि भएको छ भने दैनिक सरदर ४० देखि ५० नयाँ नागरिकता जारी हुने जिल्ला प्रशासनमा अहिले दिनमा एक सयभन्दा बढीले नयाँ नागरिकता र ५० भन्दाबढीले प्रतिलिपि लिने गर्दछन् । उक्त कार्यालयमा राहदानीसँगै नयाँ नागरिकता बनाउने र प्रतिलिपि लिनेहरुको चाप बढ्दै गएसँगै राति अबेरसम्म प्रशासन कार्यालयमा भीडभाड देख्न सकिन्छ । राहदानी बनाउनका लागि राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्यरुपमा भर्नुपर्ने भएका कारण दैनिक एक सय ४० भन्दा बढीले राष्ट्रिय परिचयपत्र भर्ने गरेको प्रशासनले जनाएको छ ।


प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?