महेन्द्रनगर,कञ्चनपुर। दुईतिर भारतीय सिमाना जोडिएको कञ्चनपुरमा केही वर्षयता सशस्त्र प्रहरीले उपस्थिती बढाएर सीमा सुरक्षा अब्बल बनाएको छ । कोरोना महामारी अघिसम्म सीमा इलाका पोष्ट पाँच वटा मात्रै रहेपनि हाल त्यो सङ्ख्या २३ वटा पुगेको छ । त्यस्तै, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी पोष्ट थपिएसँगै सीमामा सुरक्षा मजबुद ढङ्गले अघि बढेको
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले दुई जना राजदूतलाई गैरआवासीय राजदूतको जिम्मेवारी तोकेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधार ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकका र स्विट्जरल्याण्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त
काठमाडौं। उच्च अदालतका जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौंडामा आजदेखि श्रव्यदृश्यको माध्यमबाट मुद्दाको सुनुवाइ प्रारम्भ गरिएको छ । सर्वोच्च अदालतमा आज पत्रकार सम्मेलनको आयोजना गरी उक्त चार उच्च अदालतमा श्रव्यदृश्यमार्फत सुनुवाइको प्रारम्भ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गरेका हुन् । उनले प्रविधिको माध्यमबाट मुद्दाको सुनुवाइ गर्दा समयको बचत हुने, कम खर्चिलो हुने र
काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्ना अष्ट्रेलियाली समकक्षी सी लिन्ससँग भेटवार्ता गरेका छन् । त्यस्तै, अष्ट्रेलियाको संसद्मा आज भएको भेटमा उनीहरुबीच नेपाल-अष्ट्रेलिया विद्यमान संरचनाका साथै द्विपक्षीय भ्रमण आदानप्रदानबारे छलफल भएको क्याबेरास्थित नेपाली राजदूतावासले जनाएको छ भने उनीहरुले दुई देशबीचको समबन्ध सुमधुर रहेकामा हर्ष प्रकट गरेका छन् । त्यसैगरी, दुवै देशका
कास्की। पोखरामा जारी ‘केपी ओली कप टी—ट्वान्टी राष्ट्रिय क्रिकेट’ मा विभागीय त्रिभुवन आर्मी क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर्मीले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेको हो । आर्मीले जितका लागि पाएको एक सय २८ रनको विजयी लक्ष्य १५ ओभरमा
काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ । बिहीबार सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा नवौँ संस्करणको अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन भएको हो । सो मेलामा बङ्गलादेश, चीन, भारत, नेपाल र पाकिस्तानका उत्पादन स्टलमा राखेर मेलामा प्रदर्शन गरिएको छ भने उक्त मेला १४ मङ्सिरदेखि १८ सम्म चल्ने छ ।
मनहरी,मकवानपुर। मकवानपुरको राक्सिराङ गाउँपालिकाले अभियान सुरु गरेको छ । अहिले गाउँपालिकाको सबै वडामा विद्युत् सेवा पुर्याउने गरी काम भइरहेको छ । राक्सिराङको खैराङ, काँकडा, दाम्राङलगायतका क्षेत्रमा विद्युत् सेवा पुग्न बाँकी छ । खैराङ, काँकडालगायत विद्युत् नपुगेको स्थानमा अहिले दैनिक करिब दुई सय मजदुरले पोल गाड्ने, तार तान्नेलगायतका काम गरिरहेको राक्सिराङ
बाजुरा। बाजुराको पूर्वी–उत्तरी भेगको कर्णाली करिडोरको धुलाचौर नजिकै आज दिउँसो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । त्यस्तै, मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ का अन्दाजी २८ वर्षीय मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिएको छ ।
टीकापुर,कैलाली। कैलालीको टीकापुर नगरपालिकाले बडघर, चिराकी र गुरुवाको स्वास्थ्य बीमामा आवद्ध गरिदिने भएकोे छ । टीकापुर –२ ले बडघर, चिराकी र गुरुवाले समुदायमा सामाजिक भूमिका निभाइरहेकाले उनीहरूको स्वास्थ्योपचारमा सहयोग होस् भनी बीमा गर्न लागेको हो । त्यस्तै, टीकापुर –२ का वडाध्यक्ष दीपक चौधरीले वडामा सूचीकृत भएका १० जना बडघर, १०
काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको जीवनयापनलाई सहज बनाउन सरकारले अस्थायी आवास निर्माणमा सुरक्षा अङ्गलाई परिचालित गर्ने निर्णय गरेको बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजका बैठकमा उनले त्रिपालमुनि बसिरहेका भूकम्पपीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित रहेको समेत बताए । त्यस्तै, चिसोका समयमा