Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

राक्सिराङमा ‘चेपाङलाई बिजुली कार्यक्रम’


मनहरी,मकवानपुर। मकवानपुरको राक्सिराङ गाउँपालिकाले अभियान सुरु गरेको छ । अहिले गाउँपालिकाको सबै वडामा विद्युत् सेवा पुर्याउने गरी काम भइरहेको छ ।

राक्सिराङको खैराङ, काँकडा, दाम्राङलगायतका क्षेत्रमा विद्युत् सेवा पुग्न बाँकी छ । खैराङ, काँकडालगायत विद्युत् नपुगेको स्थानमा अहिले दैनिक करिब दुई सय मजदुरले पोल गाड्ने, तार तान्नेलगायतका काम गरिरहेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन् । गत वैशाखसम्ममा ‘राक्सिराङको विकट गाउँमा विद्युत् सेवा पुग्न सकेको छैन ।

त्यस्तै, विद्युत् विस्तार गर्ने क्रममा वडा नं- ९ को खैराङ र ७ को धिराङ, दाम्राङलगायतका क्षेत्रमा यसै आर्थिक वर्षभित्र बत्ती बाल्ने गरी धमाधम काम भइरहेको उनले बताए । रु ३१ करोडको बजेटमा नरेन्द्र इलेक्ट्रोनिक कम्पनी काठमाडौंले काम गरिरहेको र विद्युत्को कामका लागि स्थानीयस्तरबाट समेत सहयोग भइरहेको उनले बताए । “मजदुरसँगै स्थानीयले काम गरिरहेका छन्, विद्युत् नपुगेको ठाउँमा पुर्याउने र काठेपोल विस्थापित गर्ने अभियानमा लागेका छौँ”, अध्यक्ष मल्लले बताएका छन् ।

त्यसैगरी, सहजरूपमा विद्युत् उपलब्ध भएपछि पर्यटन उद्योग र कृषिलाई पनि यहाँ सहज हुने छ । यस क्षेत्रमा सामूहिक कार्यका लागि सामुदायिक भवन बनाउने, गलैँचा उद्योग खोल्नेलगायतका योजना अघि बढेको अध्यक्ष मल्लले बताए । विद्युत् उपलब्ध भएपश्चात घरैबाट गलैँचाको काम गर्न सकिने उहाँले बताउनुभयो । आगामी वैशाख महिनासम्म यस क्षेत्रमा विद्युत्बाट बत्ती बाल्ने योजना रहेको र सँगसँगै बाटो सफा गर्ने अभियान पनि सञ्चालन भइरहेको जनाइएको छ ।


प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?