Trending
>>   रास्वपाले तोक्यो उपनिर्वाचनको जिम्मेवारी >>   कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा छठ पर्वको शुभकामना >>   कसरी भयो छठ मनाउने प्रचलनको थालनी? >>   प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना >>   छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिलोस्ः राष्ट्रपति पौडेल >>   आजको मौसम : यी तीन प्रदेशमा वर्षाको सम्भावना >>   आज मिति २०८१ साल कार्तिक २२ गते बिहिबार, हेर्नुहोस आजको राशिफल >>   आयोजनाहरुको तयारी फास्ट ट्रयाकमा गरिने >>   राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई >>   डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी
Logo
२२ कार्तिक २०८१, बिहीबार
२२ कार्तिक २०८१, बिहीबार

साढे चार महिनामा सशस्त्र र एसएसबीका एक सय ४५ संयुक्त गस्ती


महेन्द्रनगर,कञ्चनपुर। दुईतिर भारतीय सिमाना जोडिएको कञ्चनपुरमा केही वर्षयता सशस्त्र प्रहरीले उपस्थिती बढाएर सीमा सुरक्षा अब्बल बनाएको छ । कोरोना महामारी अघिसम्म सीमा इलाका पोष्ट पाँच वटा मात्रै रहेपनि हाल त्यो सङ्ख्या २३ वटा पुगेको छ ।

त्यस्तै, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी पोष्ट थपिएसँगै सीमामा सुरक्षा मजबुद ढङ्गले अघि बढेको सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा दैनिक पेट्रोल, भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग संयुक्त गस्ती, सीमा स्तम्भ रेखदेख तथा सीमा क्षेत्रमा हुने आपाराधिक गितिवधि नियन्त्रणमा दिनहुँ परिचालन भइरहेको सशस्त्र प्रहरी बल नं ३५ का गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले जानकारी दिएका छन् ।

पछिल्लो समय सीमासँग जोडिएका स्थानीय तहका वडामा सीमा सहजीकरण समिति गठन गरी सीमा समस्या समाधान, सीमा अपराध नियन्त्रणलगायतका विषयमा समेत सहकार्य भइरहेको छ । “चालु आर्थिक वर्षको साढे चार महिनामा मात्रै सीमा क्षेत्रमा एक सय ४५ वटा सीमागस्ती गरिएका छन्”, सशस्त्र प्रहरी उपरीक्षक रावलले भन्नुभयो, “फिल्डमा देखिने स–साना समस्या मिलेर समाधान गर्दै आएको छ ।”

त्यसैगरी, उपरीक्षक रावलले नेपाल–भारत सीमा सुरक्षा बलको नियमित बैठक र छलफल भए हुँदै आएको बताए । कोरोना कहरका बेला सरकारले नै सीमामा सशस्त्र प्रहरी बलको सुरक्षा बढाएपछि सीमा क्षेत्रमा शान्ति सुरक्षासमेत राम्रो हुँदै गएको र सशस्त्र प्रहरी कतिपय स्थानमा अस्थायी संरचना र त्रिपालमा समेत बसेर सीमा सुरक्षामा सक्रिय रहेका रहेको उनको भनाइ रहेको छ । “कञ्चनपुरमा तीन वडा बिओपी पोष्टमा पक्की संरचनाका लागि जग्गा भोगाधिकारको विषय टुङ्गो लगाउने प्रक्रियामा छौँ”, उनले भने, “भोगाधिकारको विषयमा विमती नरहे पनि प्राप्तिको विषय अघि बढ्दै छ ।”

त्यस्तै, सशस्त्र प्रहरीले चालु आवको चार महिनामा अवैध चोरी निकासीबाट रु एक करोड ४१ लख ९८ हजार बराबरको राजस्व सङ्कलन गरी भन्सार कार्यालयलाई बुझाएको सशस्त्र प्रहरीले जनाएको छ भने लागुऔषध नियन्त्रणका क्रममा सशस्त्र प्रहरी बलले चालु आवमा ११ जना अभियुक्तलाई लागुऔषधसहित कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको जनाएको छ ।


प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?