१४ असार ,काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चारमध्ये तीन जना बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वाेच्च पुगेका छन् । सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले तीन जनाले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेको जानकारी दिए । उनका अनुसार यसरी रिट लिएर जानेमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका
१४ असार ,लुम्बिनी । रुपन्देहीका विभिन्न स्थानमा बम विस्फोटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले आज भैरहवामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको हो । प्रहरीले पक्राउ गरी सार्वजनिक
१४ असार ,छेन्दु (चीन) । जनवादी चीनको भ्रमणमा रहनुभएका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुवान प्रान्तका सविच वाङ सिवहुइले आज आयोजना गरेको रात्रिभोजमा सहभागी भए । उनको सम्मानमा होटल जिन जियाङमा रात्रिभोजको आयोजना गरिएको थियो । सो अवसरमा चिनियाँ कम्युष्टि पार्टीको सिचुवान प्रान्तका उच्च अधिकारीको सहभागिता थियो
१४ असार ,लुम्बिनी । बुटवल उपमहानगरपालिका–३ पहिरो प्रभावित क्षेत्र ज्योतिनगरमा आज वृक्षरोपण गरिएको छ । ज्योतिनगरको पहिरो प्रभावित क्षेत्रमा आज बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वृक्षरोपणको सुरुआत गरी एक हजार तीन सय बिरुवा लगाउने बताए । उनले ज्योतिनगर क्षेत्रको पहिरो प्रभावित क्षेत्रलाई सुरक्षित बनाउनका लागि उपमहानगरपालिकाले ग्याबिन जाली लगाउने, कल्भर्ट
१४ असार, पोखरा । पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेटमा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम सुरुआत गर्न र समग्र स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बताए । महानगरअन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूबाट निःशुल्क
१४ असार, काठमाडाैँ । प्रहरीले ललितपुर जिल्ला अदालतका कर्मचारीलाई कुटपिट गरेको आरोपमा एकजना वकिललाई पक्राउ गरेको छ । अदालतकी महिला कर्मचारीले आफूलाई कुटपिट तथा अभद्र व्यवहार गरेको भनेर जाहेरी दिएपछि वकिल अमिर लामिछानेलाई पक्राउ गरिएको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । अदालतको मिसिल नदिएको भन्दै उनले कुटपिट गरेको आरोप
१४ असार, काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आजभोलि गुरु कुट्ने संस्कृति बढिरहेकाले त्यसबाट बच्नुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवमा उनले यस्तो बताएका हुन् । “आजभोलि गुरु कुट्ने संस्कृति हाबी हुँदैगएको छ, गुरुलाई देवता समान मान्ने देशमा गुरु कुट्ने
१४ असार, जनकपुरधाम । आजभन्दा १५/१६ वर्षअघि मागेर खाने, भूमिहीन, कुष्टरोग प्रभावितलाई लक्षित गरी जनकपुरधाममा बनाइएको कोडियाबस्ती संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । समाजसेवी जमिरियादेवी कुर्मिनीले जनकपुरधाम उपमहानगरपालिका–७ मा निर्माण गरेको बीस कोठे भवनसहितको संरचना उहाँको निधनपछि संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो । कुनै समय करिब २२ परिवारका एक
१४ असार, एजेन्सी । अमेरिकाको दक्षिणी भागमा फैलिएको तातो हावाको लहरका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ । वेब काउन्टी दक्षिणी टेक्सासमा, चिकित्सा परीक्षक डा कोरिन स्टर्नले बुधबार जनाएअनुसार असामान्य गर्मीका कारण ६० वर्षभन्दा माथिका ११ जनाको मृत्यु भएको छ । “यस्तो गर्मी हामीले यहाँ पहिले कहिल्यै अनुभव गरेका थिएनौं,”
१४ असार, लमजुङ । लमजुङस्थित दोर्दी कोरिडोरबाट एक सय २६ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ निर्माण सम्पन्न भएका पाँच आयोजनाबाट सो बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । दोर्दी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलका अनुसार दोर्दी करिडोर