Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

ठेचोका सुकुम्वासीलाई निस्सा वितरण


१२ श्रावण, ललितपुर । गोदावरी नगरपालिका-१२ ठेचोका सुकुम्वासीहरुलाई निस्सा वितरण गरिएको छ । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र वडा १२ का अध्यक्ष जगत महर्जन, जिल्ला समन्वय समिति सदस्य शोभा केसीसहितको उपस्थितिमा भूमि आयोग जिल्ला समिति ललितपुरले ठेचोका पाँचजना भूमिहीन सुकुम्वासीहरुलाई निस्सा वितरण गरेको हो ।

सो अवसरमा नगरप्रमुख गजेन्द्र महर्जनले भूमि आयोगसँगको समन्वयमा नगरपालिकाभित्रका सबै सुकुम्वासीलाई निस्सा गर्दै आवश्यक प्रक्रिया पूरा गरी जग्गाको लालपुर्जा वितरण गर्ने बताए ।

“हामीले गत असार ३१ गते वडा नं ७ देवीचौरका भूमिहीनलाई निस्सा वितरण गरिसकेका छौँ, अब बाँकी १२ वटै वडाका भूमिहीनलाई निस्सा वितरणका लागि भूमि आयोग जिल्ला समितिसँग समन्वय भइरहेको छ, करिब एकदेखि दुई महिनाभित्र सबै भूमिहीनहरुलाई निस्सा वितरण सम्पन्न गर्नेछौँ”, उनले भने ।

भूमि आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनले भूमि आयोग ललितपुरले निस्सा वितरणलाई तीव्रताका साथ अगाडि बढाइरहेको बताए ।

“ललितपुरका सबै राजनीतिक दल, जनप्रतिनिधि र स्थानीय तहले आवश्यक समन्वय गर्ने हो भने सबै सुकुम्वासी र भूमिहीनलाई निस्सा वितरण गरी लालपुर्जा वितरण गर्न कुनै समस्या छैन । सबैले सहयोग गर्ने हो भने राज्यको नीति र लक्ष्यअनुरुप काम गर्न र भूमिहीन सुकुम्वासीहरुलाई स्थानीय तहले व्यवस्थापन गरेको जग्गाको लालपुर्जा वितरण गर्न कुनै समस्या छैन”, संयोजक महर्जनले भने ।

भूमि आयोग जिल्ला समिति ललितपुरका सदस्य रमेशप्रसाद घिमिरेका अनुसार हालसम्म बागमती गाउँपालिकाका ९४ परिवार, गोदावरी नगरपालिका–७ देवीचौरका १४ परिवार र वडा नं १२ ठेचोका पाँच परिवार गरी एक सय १३ परिवारलाई निस्सा वितरण भइसकेको र बाँकी रहेका स्थानीय तह र वडाहरुमा निस्सा वितरणका लागि तयारी भइरहेको छ ।


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?