Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सामुदायिक विद्यालयका विद्यार्थी भन्छन् — ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम नहटाइ दिनु


१२ श्रावण, काठमाडौँ । ‘हामीलाई बुक फ्रि फ्राइडे कार्यक्रम निरन्तर चाहिन्छ । किताब पढेको दिनभन्दा शुक्रवार धेरै कुरा सिक्न पाइएको छ । सर यसलाई नहटाइदिनु ल ।’ बाँसबारी माध्यमिक विद्यालयका विद्यार्थीहरूले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसँग एक स्वरमा आग्रह गरे । विद्यालय निरीक्षणका क्रममा अधिकारीले, कक्षा कोठामा पुगेर ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन नगरे तपाईँहरुलाई फरक पर्छ? भनेर प्रश्न सोधेपछिको उत्तरमा विद्यार्थीहरूले यस्तो उत्तर दिएका हुन् ।

विद्यालयका कक्षा कोठाहरुमा शिक्षकहरू अतिरिक्त क्रियाकलाप गराउन व्यस्त हुनुहुन्थ्यो । कक्षा ८ का विद्यार्थीहरू प्रस्तुतीकरण सिपको प्रयोग गरिरहेका थिए । कक्षा १० का विद्यार्थीहरू आफूले विभिन्न विषयमा लेखेका विश्लेषणात्मक चार्टको प्रदर्शन र अरूको चार्टको अवलोकन गरिरहेका थिए । अन्य कक्षाहरुमा हाजिरी जवाफ, श्रुतिलेखन, शब्दको अर्थ बुझ्ने विधि अभ्यास भइरहेको थियो ।

कक्षा कोठा र क्रियाकलापको निरीक्षणका क्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकारी र शिक्षा अधिकारी सीताराम कोइरालाले, विषयसँग सम्बन्धित अन्तरक्रिया गरेका थिए । घर, परिवार र समाजमा देखेका कुरा सोध्ने अवसर यस अघिका कक्षामा थिएन । अब ती जिज्ञासाहरू शुक्रबारका कक्षामा सोध्नु । विद्यार्थीसँगको अन्तरक्रियाका क्रममा अधिकारीले भने, ‘अरू दिन कक्षामा नबुझेका कुरा पनि यस दिन सोध्न सकिन्छ । यसको व्यवहारिक अभ्यास पनि गर्नुपर्छ ।’

निरीक्षणपछिको प्रतिक्रियामा अधिकृत अधिकारीले, विद्यालयको भौतिक पूर्वाधार विकास र विद्यालयलाई सुन्दर बनाउने कार्यक्रमका लागि महानगरले सहयोग उपलब्ध गराउने बताउँदै विद्यालयले नतिजा दिनुपर्ने धारणा राखे । ‘कक्षा कोठामा राखिएका पर्दा मिलाउने, सरसफाइ गर्ने जस्ता सानातिना काम गर्दा पनि व्यवस्थापनमा राम्रो प्रभाव देखिन्छ । यस्ता पक्षमा विद्यालय आफैँले ध्यान दिनुपर्छ ।’ उनको सुझाव थियो ।

विद्यालयहरूमा सिपमा शिक्षा कार्यक्रम सञ्चालन तयारीमा छन् । विगत कार्यक्रमको निरन्तरताका सम्बन्धमा शिक्षा अधिकारी कोइरालाले, जनशक्तिको उच्चतम परिचालन र क्षमता विकास गर्ने काममा विद्यालयले योजना बनाउनु पर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक अनिलकुमार झाले, शौचालय एक ठाउँमा मात्र भएको, त्यो पनि साँघुरो भएको, विद्यालयको भौतिक पूर्वाधार विकासमा सहयोग आवश्यक रहेको बताए ।

विद्यालय २०१८ सालमा स्थापना भएको हो । २०५५ सालमा माध्यमिक तहमा स्तरोन्नति भएको विद्यालयमा अहिले ७०६ जना विद्यार्थी अध्ययनरत छन् ।

बुक फ्रि फ्राइडे कार्यक्रम सुरु भएपछि कक्षाकोठाहरूमा सजावट गरिएको छ । फर्निचरहरूमा सुधार गरिएको छ । यस्ता विषयमा विद्यार्थी र शिक्षकको सक्रियता बढेको छ ।


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?