Trending
>>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही >>   नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमाः ८५ प्रतिशत सम्पन्न >>   इरानमाथि सम्भावित हमला भएमा टप जनरलले नेतृत्व गर्नेछन् : ट्रम्प >>   दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स झारखण्डमा दुर्घटनाः ७ जनाको मृत्यु >>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

राष्ट्रिय फुटबल टोलीमा तीन खेलाडी थपिए


१२ ,श्रावण ,काठमाडौँ । राष्ट्रिय फुटबल टोलिका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले फिफा विश्वकप फुटबल–२०२६ र एएफसी एसियन कप–२०२७ को एसिया छनोटका लागि आज प्रारम्भिक टोलीमा तीन खेलाडी थपेका छन् ।

थपिएका खेलाडीमा फ्रेन्ड्स क्लबमा मिडफिल्डर सन्तोष खत्री, कुशल फुयाल र जावलाखेल युथ क्लबका फरवार्ड हिसुब थपलियालाई राष्ट्रिय टोललीको प्रारम्भिक टोलीमा थपेका हुन् ।

यस तीन खेलाडी थपिएसँगै अब प्रारम्भिक टोलीमा ३३ सदस्यीय टोली बनेको छ । प्रशिक्षक भिसेन्जोले तीन खेलाडीको आत्मविश्वास बढाउन राष्ट्रिय टोलीमा स्थान दिएको बताए । नेपालको राष्ट्रिय फुटबल टोलीले विश्वकप र एसिया कप छनोटको प्रारम्भिक चरणमा लाओससँग खेल्नेछ ।

नेपाल र लाओसवीचको खेल होम एन्ड अवे गरी दुई खेल हुनेछ । जसमा पहिलो लेग अक्टोबर १२ तारिखमा हुनेछ भने दोस्रो लेग अक्टोबर १७ तारिखमा हुनेछ । यस खेलमा नेपालले विजयी हासिल गरेमा दोस्रो चरणमा प्रवेश गर्नेछ ।

नेपाली टोलीले आगामी अगष्ट १ तारिखदेखि बन्द प्रशिक्षणको सुरुआत गर्ने जनाएको छ । प्रारम्भिक चरणमा छनोट भएका नेपाली टोलीको गोलकिपरमा किरण लिम्बु, अनिष देउला, दीप कार्की र अभिषेक बराल छन् । त्यस्तै डिफेन्डरमा बिमल पाण्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, देबेन्द्र तामाङ, अशिष श्रेष्ठ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा र अन्जन राई छन् ।

मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बु, आभाष लामिछाने, उत्सब राई, बिशाल तामाङ, बिबेक पौडेल, कृतिश रत्न छुन्जु, सन्तोष खत्री र कुशल फुयाल छन् भने फरवार्डमा आयुश घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आषिश चौधरी, बिमल घर्तिमगर, जिलेस्पी जङ्ग कार्की, दिनेश हेन्जन र हिशुब थपलिया रहेका छन् ।


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?