Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

राष्ट्रिय फुटबल टोलीमा तीन खेलाडी थपिए


१२ ,श्रावण ,काठमाडौँ । राष्ट्रिय फुटबल टोलिका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले फिफा विश्वकप फुटबल–२०२६ र एएफसी एसियन कप–२०२७ को एसिया छनोटका लागि आज प्रारम्भिक टोलीमा तीन खेलाडी थपेका छन् ।

थपिएका खेलाडीमा फ्रेन्ड्स क्लबमा मिडफिल्डर सन्तोष खत्री, कुशल फुयाल र जावलाखेल युथ क्लबका फरवार्ड हिसुब थपलियालाई राष्ट्रिय टोललीको प्रारम्भिक टोलीमा थपेका हुन् ।

यस तीन खेलाडी थपिएसँगै अब प्रारम्भिक टोलीमा ३३ सदस्यीय टोली बनेको छ । प्रशिक्षक भिसेन्जोले तीन खेलाडीको आत्मविश्वास बढाउन राष्ट्रिय टोलीमा स्थान दिएको बताए । नेपालको राष्ट्रिय फुटबल टोलीले विश्वकप र एसिया कप छनोटको प्रारम्भिक चरणमा लाओससँग खेल्नेछ ।

नेपाल र लाओसवीचको खेल होम एन्ड अवे गरी दुई खेल हुनेछ । जसमा पहिलो लेग अक्टोबर १२ तारिखमा हुनेछ भने दोस्रो लेग अक्टोबर १७ तारिखमा हुनेछ । यस खेलमा नेपालले विजयी हासिल गरेमा दोस्रो चरणमा प्रवेश गर्नेछ ।

नेपाली टोलीले आगामी अगष्ट १ तारिखदेखि बन्द प्रशिक्षणको सुरुआत गर्ने जनाएको छ । प्रारम्भिक चरणमा छनोट भएका नेपाली टोलीको गोलकिपरमा किरण लिम्बु, अनिष देउला, दीप कार्की र अभिषेक बराल छन् । त्यस्तै डिफेन्डरमा बिमल पाण्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, देबेन्द्र तामाङ, अशिष श्रेष्ठ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा र अन्जन राई छन् ।

मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बु, आभाष लामिछाने, उत्सब राई, बिशाल तामाङ, बिबेक पौडेल, कृतिश रत्न छुन्जु, सन्तोष खत्री र कुशल फुयाल छन् भने फरवार्डमा आयुश घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आषिश चौधरी, बिमल घर्तिमगर, जिलेस्पी जङ्ग कार्की, दिनेश हेन्जन र हिशुब थपलिया रहेका छन् ।


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?