१२ श्रावण, जनकपुर । जनकपुरको जानकी मन्दिरमा अश्लील हर्कत गरी टिकटक बनाएको आरोपमा एकजना पक्राउ परेका छन् ।
जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील हर्कतमा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने धनुषाको औरही गाउँपालिका–६ का अनिरुद्र यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानएको छ ।
प्रहरीका अनुसार १८ वर्षीय यादवमाथि थप अनुसन्धान भइरहेको र भिडियोमा देखिएकी महिला र भिडियो खिच्ने व्यक्तिको खोजी भइरहेको छ ।
प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार