Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

समाचार


मलङ्गवाले पहिलो पटक सञ्चालन गर्यो कक्षा ८ को ग्रेड वृद्धिका लागि परीक्षा

१३ वैशाख, सर्लाही ।  मलङ्गवा नगरपालिकाले पहिलो पटक कक्षा ८ को ग्रेड वृद्धिका लागि परीक्षा सञ्चालन गरेको छ । उक्त कक्षामा दुई विषयमा अनुत्तीर्ण विद्यार्थीलाई नगरपालिकाले ग्रेड बृद्धिको परीक्षा यही वैशाख ११ र १२ गते सञ्चालन गरेको र परीक्षामा अङ्ग्रेजी, नेपाली, गणित, सामाजिकसहित मुख्य पाँच विषय समावेश गरिएको थियो ।

बालगृह सञ्चालनका लागि अनुमति लिन आग्रह

१३ वैशाख, काठमाडाैँ । राष्ट्रिय बालअधिकार परिषद्ले बाल गृह सञ्चालनका लागि अनुमति लिन आग्रह गरेको छ । परिषद्ले सम्बन्धित संस्थालाई निवेदन पेस गर्न सूचना प्रकाशन गरेको छ । परिषद्ले आज सूचना प्रकाशित गरी आगामी जेठ ४ गतेभित्र निवदेन पेस गर्न देशभर सञ्चालनमा रहेका बालगृह वा संस्थाका लागि सूचना प्रकाशन गरेको हो

बीमा कम्पनीको चुक्ता पुँजी पुर्याउने समय असार मसान्तसम्म

१३ वैशाख, काठमाडाैँ । बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा तीन महिना थप भएको छ । नेपाल बीमा प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै चुक्ता पुँजी कायम गर्ने सीमा असार मसान्तसम्म पुर्याएको हो । यसअघि चैत मसान्तसम्मका

किसानलाई कृषि सामग्री वितरण

१३ वैशाख, मकवानपुर । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाइ मकवानपुरले मनहरि गाउँपालिकास्थित मनहरि वडा नं ९ ज्यामिरेका ८० घरधुरी किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराएको छ । चैते धानबाली चक्लाबन्दी कार्यक्रम अन्तर्गत सो परियोजनाले धनेश्वरी किसान समूहमा आवद्ध किसानलाई आज सामग्री हस्तान्तरण गरेको हो । सो परियोजनाबाट रु

बेवारिसे गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञ

१३ वैशाख, काठमाडाैँ । सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञ आयोजना गरिने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब दुई सय बेवारिसे गाईबाच्छाको संरक्षणका लागि सबैको सहयोग जुटाउने उद्देश्यले महायज्ञ गर्न लागिएको हो । यही वैशाख २२ देखि २८ गतेसम्म गोरक्ष

बढ्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?

१३ वैशाख, काठमाडाैँ । बुधबार सुनको भाउ नेपाली बजारमा बढेको छ भने चाँदीको भाउ घटेको छ। मंगलबार प्रतितोला ४०० रुपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला २०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ कायम गरिएको छ । यसैगरि तेजाबी सुन

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसुची

१३ वैशाख, काठमाडाैँ । सङ्घीय संसद्अन्तर्गत आज (बुधबार) दुवै सदनको बैठक बस्दैछ । आज राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा सुरु हुनेछ भने प्रतिनिधि सभा दिउँसो ३ बजेबाट सुरु हुनेछ । आजको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको

जुँगे महादेवको मूर्ति जाने पुल पुनःनिर्माण हुँदै

१३ वैशाख, बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२ मा अवस्थित बागेश्वरी मन्दिरभित्र रहेको जुँगे महादेवको मूर्ति जाने पुलको पुनःनिर्माण हुने भएको छ । उपमहानगरपालिकाले मन्दिरमा जाने पुल पुनःनिर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरेर बोलपत्र आह्वान गरी काम सुरु भएको जनाएको छ । जुँगे महादेवको प्रतिमा रहेको मन्दिर तालमाथि छ ।

सामान्य हिँडडुल गर्न सक्ने भए राष्ट्रपति पाैडेल

१३ वैशाख, काठमाडाैँ । उपचारका लागि भारत लगिएका राष्ट्रपति रामचन्द्र पाैडेलको स्वास्थमा क्रमिक सुधार देखिएको छ । उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता बढाउने एन्टिबायोटिक प्रयोग गरिएको छ । राष्ट्रपति पौडेलको उपचारसँग सम्बन्धित थप परीक्षण भैरहेको छ । भारतको दिल्लीमा रहेको एम्स अस्पतालमा गएको बुधबारदेखि उनको उपचार भैरहेको छ । छाती र

मनाङवासी यार्सागुम्बा टिप्न हिमाली भेगतर्फ

१३ वैशाख, मनाङ। बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि मनाङवासी लेकतर्फ लागेका छन् । आम्दानीको स्रोतका रूपमा रहेको औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि उनीहरु यतिबेला जिल्लाका विभिन्न ठाउँ पुगेका छन् । मौसम अनुकूल भएसँगै मनाङवासी यार्सागुम्बा सङ्कलनमा व्यस्त हुन थालेका छन् । मनाङवासीको आयस्रोत कृषि तथा जङ्गली औषधिजन्य जडीबुटी हो । जडीबुटी

सम्वन्धित समाचारहरु