Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

किसानलाई कृषि सामग्री वितरण


१३ वैशाख, मकवानपुर । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाइ मकवानपुरले मनहरि गाउँपालिकास्थित मनहरि वडा नं ९ ज्यामिरेका ८० घरधुरी किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराएको छ ।

चैते धानबाली चक्लाबन्दी कार्यक्रम अन्तर्गत सो परियोजनाले धनेश्वरी किसान समूहमा आवद्ध किसानलाई आज सामग्री हस्तान्तरण गरेको हो । सो परियोजनाबाट रु आठ लाख र किसान समूहबाट रु आठ लाख गरी रु १६ लाख मूल्य बराबरको कृषि सामग्री खरिद गरी वितरण गरिएको परियोजनाका प्रमुख अनिल तिवारीले जानकारी दिए । परियोजनाले सो समूहमा आवद्ध किसानलाई स्पे्र पम्प, त्रिपाल, मलखाद तथा धानका बीउ वितरण गरेको जनाएको छ ।

कृषि आधुनिकीकरण तथा यान्त्रिकरणको प्रयोग गरी खेती गर्दा लागत कम भई उत्पादन र उत्पादकत्वमा वृद्धि गरी खाधान्नमा आत्मनिर्भर बनाउने उद्देश्य लिएको परियोजनाको धानजोन जिल्ला संयोजक विमला कार्कीले बताए । धनेश्वरी किसान समूहका अध्यक्ष लोकनाथ ढुङ्गानाले हर्दिनाथ जातका धानलाई चकलाबन्दी कार्यक्रम अन्तर्गत प्रवद्र्धन गर्न खोजिएको बताए ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?