Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

मलङ्गवाले पहिलो पटक सञ्चालन गर्यो कक्षा ८ को ग्रेड वृद्धिका लागि परीक्षा


१३ वैशाख, सर्लाही ।  मलङ्गवा नगरपालिकाले पहिलो पटक कक्षा ८ को ग्रेड वृद्धिका लागि परीक्षा सञ्चालन गरेको छ । उक्त कक्षामा दुई विषयमा अनुत्तीर्ण विद्यार्थीलाई नगरपालिकाले ग्रेड बृद्धिको परीक्षा यही वैशाख ११ र १२ गते सञ्चालन गरेको र परीक्षामा अङ्ग्रेजी, नेपाली, गणित, सामाजिकसहित मुख्य पाँच विषय समावेश गरिएको थियो ।

परीक्षमा पाँच सामुदायिक र तीन निजी विद्यालयका तीन सय २९ विद्यार्थी सहभागी थिए । उक्त परीक्षाको नतिजा वैशाख १७ गतेसम्म प्रकाशन गरिने तयारी गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिए । सिकाइमा गुणस्तर कायम गर्न कक्षा ८ कोग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिएको र यसमा पनि अनुत्तीर्ण होइएला कि भन्ने डरले विद्यार्थीमा पढ्ने बानी बस्ने उहाँको भनाइ थियो ।

केन्द्रले कक्षा १० को पुरक परीक्षा लिएझैँ त्यसअनुरुप स्थानीय तहले पनि दुई विषयमा अनुत्तीर्ण भएका विद्यार्थीलाई ग्रेड वृद्धिका लागि परीक्षा सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए ।

यस किसिमको परीक्षाबाट विद्यालयमा शिक्षाको अभिवृद्धि एवम् गुणस्तर प्रवद्र्धन गर्न सहयोग पुग्ने जनाइएको छ । ग्रेड वृद्धिको परीक्षा पनि उत्तीर्ण गर्न नसक्ने विद्यार्थीले फेरि त्यही कक्षा दोहर्याउनु पर्ने भएको छ । शिक्षामा गुणस्तर सुधार्न ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिएको नगरप्रमुख नागेन्द्रप्रसाद यादवले जानकारी दिए । आउने दिनमा कक्षा ५ का लागि पनि परीक्षा सञ्चानल गरिने उनले बताए ।
विद्यालयका शिक्षकलाई जिम्मेवार बनाइने र विषयगत दरबन्दी मिलान पनि चाँडै गरिने पनि नगरप्रमुख यादवले बताए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा ९२० को खण्ड ९ज० को उपखण्ड ९१४० बमोजिम कक्षा ८ को परीक्षा अनिर्वायरूपमा स्थानीय तहले लिनुपर्ने व्यवस्था छ ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?