Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

बीमा कम्पनीको चुक्ता पुँजी पुर्याउने समय असार मसान्तसम्म


१३ वैशाख, काठमाडाैँ । बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा तीन महिना थप भएको छ । नेपाल बीमा प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै चुक्ता पुँजी कायम गर्ने सीमा असार मसान्तसम्म पुर्याएको हो ।

यसअघि चैत मसान्तसम्मका लागि तोकिएको उक्त समयसीमालाई प्राधिकरणबाट यही वैशाख ३ गते स्वीकृत भएको ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०८०’ ले असार मसान्तसम्म बढाएको हो ।

“विसं २०७९ चैत मसान्तसम्म चुक्ता पुँजी कायम गर्न नसक्ने बीमकले मनासिव कारणसहित निवेदन दिएमा प्राधिकरणले यस निर्देशिका बमोजिमको चुक्ता पुँजी २०८० असार मसान्तभित्र कायम गर्ने गरी म्याद थप गर्न सक्नेछ”, संशोधित निर्देशिकामा भनिएको छ । प्राधिकरणले जीवन बीमा कम्पनीका लागि रू पाँच अर्ब र निर्जीवन बीमा कम्पनीका लागि रू दुई अर्ब ५० करोड चुक्ता पुँजी कायम गरेको छ ।

हाल सञ्चालनमा रहेका १७ जीवन बीमा कम्पनीमध्ये एउटा र १६ निर्जीवन बीमा कम्पनीमध्ये तीनले मात्रै चुक्ता पुँजी पुर्याएको प्राधिकरणले जनाएको छ । यसरी तोकिएको समयमा अधिकांश बीमा कम्पनीको चुक्ता पुँजी नपुगेपछि निर्देशिका संशोधन गरेर तीन महिना समय थप गरिएको हो ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?