Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

जुँगे महादेवको मूर्ति जाने पुल पुनःनिर्माण हुँदै


१३ वैशाख, बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२ मा अवस्थित बागेश्वरी मन्दिरभित्र रहेको जुँगे महादेवको मूर्ति जाने पुलको पुनःनिर्माण हुने भएको छ । उपमहानगरपालिकाले मन्दिरमा जाने पुल पुनःनिर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरेर बोलपत्र आह्वान गरी काम सुरु भएको जनाएको छ ।

जुँगे महादेवको प्रतिमा रहेको मन्दिर तालमाथि छ । मन्दिर पुनःनिर्माणका लागि तालको पानी सुकाएर मन्दिर र मूर्ति यथावत् राखेर प्रवेशमार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले एक वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम सुरु गरिएको जानकारी दिए ।

“बागेश्वरी प्रसिद्ध शक्तिपीठ पनि भएकाले डिपिआर बनाएर मन्दिर आसपास सौन्दर्यकरण गर्ने योजना निर्माण भएको छ”, उनले भने । प्रमुख विष्टले महाआरती सुरु गरेको करिब चार महिनापछि धार्मिक पर्यटनको महत्व बढेकाले भारतीय पर्यटकको आगमन बढेको जानकारी दिँदै महाआरतीमा नजिकका विभिन्न जिल्लाबाट समेत सहभागिता रहेको बताए ।

मन्दिरसम्म पुग्नका लागि वर्षौँ पहिले बनाइएको प्रवेशमार्ग जीर्ण भएपछि उपमहानगरपालिकाले नयाँ निर्माण गर्न लागेको हो । अब मन्दिरसम्म पुग्ने बाटो फराकिलो बनाइने छ । उनले मन्दिरभित्र पूजा गर्ने स्थान पनि फराकिलो हुने जानकारी दिए । नयाँ संरचना निर्माण भएपछि मन्दिरभित्रका घाटका क्षेत्र फराकिलो हुने र नजिकै पार्कसमेत निर्माण हुने उपमहानगरपालिकाले जनाएको छ ।

बागेश्वरी मन्दिरका मठाधीश चन्द्रनाथ योगीले जुँगे महादेवको दर्शन गर्न जाने भक्तजनका लागि साँघुरो भएको पुल नयाँ ढाँचामा निर्माण हुन लागेको जानकारी दिँदै पुरानो पुललाई अग्लो बनाएर पिलर राख्न लागिएको बताए ।

प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको तालको बीच भागमा रहेको जुँगे महादेवको मूर्ति रहेको मन्दिर भक्तजनको रोजाइमा पर्ने गरेको छ । जीर्ण र साँघुरो प्रवेश मार्ग रहेका कारण शिवरात्रिलगायत विभिन्न चाडपर्वका समयमा भक्तजनको भीड हुने समयमा दुर्घटनाको जोखिम रहने गरेको बताइएको छ । नयाँ पुल निर्माण भएपछि भक्तजनलाई सहजता हुने छ ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?