Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

बालगृह सञ्चालनका लागि अनुमति लिन आग्रह


१३ वैशाख, काठमाडाैँ । राष्ट्रिय बालअधिकार परिषद्ले बाल गृह सञ्चालनका लागि अनुमति लिन आग्रह गरेको छ । परिषद्ले सम्बन्धित संस्थालाई निवेदन पेस गर्न सूचना प्रकाशन गरेको छ । परिषद्ले आज सूचना प्रकाशित गरी आगामी जेठ ४ गतेभित्र निवदेन पेस गर्न देशभर सञ्चालनमा रहेका बालगृह वा संस्थाका लागि सूचना प्रकाशन गरेको हो ।

आवश्यक मापदण्ड पूरा गरेका बालगृहलाई सञ्चालन गर्ने अनुमति दिने व्यवस्था रहेको छ । परिषद्ले यसअघि अघिल्लो वर्ष पुस २१ गतेको सूचनामार्फत सूचित गरे पनि अझैसम्म सबै बालगृहबाट निवेदन प्राप्त हुन नसकेको हुँदा पुनः सूचना प्रकाशन गरेको हो ।

परिषद्बाट प्रकाशित सूचनामा अनुमति नलिइ बालगृह सञ्चालन गरेको पाइएमा त्यस्ता बालगृहलाई कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने जनाइएको छ । परिषद्ले सम्बन्धित स्थानीय तह तथा बालबालिकाका विषय हेर्ने प्रदेश मन्त्रालयलाई आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका बालगृहलाई उक्त जानकारी गराउन अनुरोध गरेको छ ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?