Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि


राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि

काठमाडौँ । बाल क्रिकेटको विकास तथा प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगिता माघ १ गतेदेखि माघ २८ गतेसम्म काठमाडौँको सिफल ग्राउण्डमा सञ्चालन हुनेछ । आयोजक राइजिङ स्टार क्रिकेट एकेडेमीकाअनुसार प्रतियोगितामा कुल २७ टिमको सहभागिता रहनेछ । तीमध्ये ८ टिम उपत्यका बाहिरका रहनेछन् भने अन्य टोली उपत्यका भित्रका हुनेछन् । जिल्ला स्तरका खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूका लागि प्रवेश शुल्क पूर्णरूपमा निःशुल्क गरिएको आयोजकले जनाएको छ ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको घोषणा गर्दै आयोजक राइजिङ स्टार क्रिकेट एकेडेमीका अध्यक्ष सुनिल मान अमात्यले नेपाललाई भविष्यमा टेस्ट राष्ट्र बनाउने लक्ष्यका साथ यस्ता उमेर समूहका प्रतियोगिता आयोजना गरिएको बताए। उनले यस्ता प्रतियोगिताले उमेर समूहका क्रिकेटर उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रतियोगितालाई अनुपम फुडल्याण्डले मुख्य प्रायोजन गरेको छ। पत्रकार सम्मेलनमा प्रायोजक अनुपम फुडल्याण्डका प्रबन्ध निर्देशक मधु पन्थीले उमेर समूह क्रिकेट विकासमा आयोजकले चालेको कदमलाई साथ दिन प्रायोजन गरिएको बताए। यस्तै, प्रतियोगिताका टेक्निकल निर्देशक रवीन्द्र गुप्ताले प्रतियोगिताको प्राविधिक पक्षबारे जानकारी गराए ।

प्रतियोगिताको उत्कृष्ट ९० खेलाडी छनोट गरेर ६ वटा टोली बनाइने र उनीहरुलाई सिंगल राउण्ड रोबिन फम्र्याटमा सेतो जर्सीमा खेलाइने आयोजकले घोषणा गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको प्रथम पुरस्कार ३०,००० र द्वितीय पुरस्कार २०,००० तोकिएको छ। साथै, म्यान अफ द सिरिजलाई किटब्याग, उत्कृष्ट ब्याट्सम्यानलाई ब्याट तथा उत्कृष्ट बलरलाई क्रिकेट जुत्ता प्रदान गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिताले भविष्यका क्रिकेट प्रतिभा उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: २८ पुष २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?