२१ ,भाद्र ,विराटनगर। विराटनगरमा आज दिउँसो करिब ३ बजेबाट राधाकृष्ण रथयात्रा निकालिँदैछ । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा आज विराटनगरको राधाकृष्ण मन्दिर तिनपैनीबाट सुरु हुने रथयात्रा ट्राफिक चोक–रोडशेष चोक–बसपार्क–महेन्द्र चोक–भृकुटी चोक– बरगाछी चोक, दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिरमै आएर समापन हुने आयोजक समितिले जनाएको छ । आकर्षक रुपमा सजिएको रथमा
२१ ,भाद्र ,मुग्लिन (चितवन) । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक भएको बताएका छन् । हिजो चितवनको इच्छाकामना–४ कुरिनटारमा धादिङ चेली महिला सहयात्री संस्थाद्वारा आयोजित बृहत् तीज गीत प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले विकास र समृद्धिका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच सहकार्य आवश्यक
२१ ,भाद्र ,काठमाडौँ । अभिनेत्री झरना थापाले निर्देशन गरेको नयाँ चलचित्र ‘एक भगवत गीता’ को अधिकांश छायाङ्कन जनकपुरमा गरिएको छ । मिथिलाको संस्कृति र कलालाई चलचित्रमा प्रस्तुत गरिनुका साथै जानकी मन्दिरलाई पृष्ठभूमि बनाएर अधिकांश छायाङ्कन गरिएको छ । पछिल्लो केही वर्षयता मधेसले नेपाली चलचित्रमा अपनत्व महसुस गर्न नसक्नुको कारण स्थानीय
२१ ,भाद्र ,लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजना क्षेत्रका निर्माणलाई एक महिनाभित्र सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । उपाध्यक्ष लामाले विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनीको अधुरो सडकका कारण सास्ती पाएकाले हेलचेक्याइँ नगर्न निर्माण कम्पनीलाई सचेत गराएका छन् । लुम्बिनी गुरुयोजना क्षेत्रका निर्माणाधीन सडक, पार्किङ,
२१ ,भाद्र ,काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बिहीबार फैसला पेसी तोकिएको छ । बहस पटक पटक स्थगित गर्दै आएको जिल्ला अदालत काठमाडौंले आजका लागि फैसला पेसी तोकेको छ । यसअघि भदौ १० गते मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको सन्दिप लामिछाने को मुद्दामा आज का लागि फैसला पेसी तोकेको छ।
२१ ,भाद्र ,दमौली । हरियाली जङ्गल, कलकल बगेको पानी । ठूलो खोँचबाट झरेको पानी । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरा केही समय अगाडिसम्म व्यवस्थित थिएन । तर अहिले उक्त ठाउँको रुप फेरिँदैछ । स्थानीय तहको दोस्रो निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने प्रयास गरेका छन् ।
२१ ,भाद्र ,चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा आउने बिरामीलाई पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने गरी काम गर्ने बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले अस्पतालमा विभिन्न सेवा लिँदा महिनौँ पालो कुर्नुपर्ने गुनासोको अन्त्य हुने बताए । रेडियो थेरापी (सेकाइ) गराउनुपर्दा पाँच
२१ ,भाद्र ,बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित तीनओटा स्वास्थ्य क्लिनिक सिल गरिएका छन् । अनुगमन गर्दा अवैधरुपमा सञ्चालन गरिएको पाइएपछि ती क्लिनिक बन्द गरिएका हुन् । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले अनुगमन गर्दा स्वास्थ्य क्लिनिक अवैधरुपमा सञ्चालन गरेको पाइएको हो । अनुगमनका क्रममा दोगडाकेदार गाउँपालिका–६ पञ्ज्युनयाँस्थित
२१ ,भाद्र ,काठमाडौँ । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमण पछि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका मुकुन्द रिजालको निधन भएको महानगर स्रोतले जनाएको छ । । रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापति समेत हुन् । रिजाल गत स्थानीय तह निर्वाचनमा ४००५
२१ ,भाद्र ,म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलादेखि गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्र भएपछि यात्रा अवधि छोटिएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत कैकुखोला–खन्ती खण्डको १६ किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न भएको हो । योजना प्रमुख जगत प्रजापतिले सडक कालोपत्र भएपछि एक घन्टा ३०