Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

एक महिनाभित्र लुम्बिनी गुरुयोजनाका कार्य सम्पन्न गर्न निर्देशन


२१ ,भाद्र ,लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजना क्षेत्रका निर्माणलाई एक महिनाभित्र सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।

उपाध्यक्ष लामाले विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनीको अधुरो सडकका कारण सास्ती पाएकाले हेलचेक्याइँ नगर्न निर्माण कम्पनीलाई सचेत गराएका छन् ।

लुम्बिनी गुरुयोजना क्षेत्रका निर्माणाधीन सडक, पार्किङ, गेट एवं विद्युत् पोल र स्ट्रिक लाइटको आज निरीक्षण एवं अनुगमनपछि उपाध्यक्ष डा लामाले एक महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

लुम्बिनी गुरुयोजनाअन्तर्गत दुई वर्षअघि ४४ किमि ड्रेन, १३ किमि सडक कालोपत्रे, १२ किमि सडक ब्लक, आठ वटा गेट र दुई हजार दुई सय पोललगायतका स्ट्रिक लाइट निर्माणका लागि छुट्टाछुट्टै चार निर्माण व्यवसायीले निर्माण सम्झौता गरी काम गरिरहेका छन् तर सम्झौताको म्याद सकिनै लाग्दासमेत निर्माण कार्य आधा पनि हुन नसेपछि उपाध्यक्ष डा लामाले आज अनुगमन गरेका हुन् ।

उपाध्यक्ष लामासहित स्थलगत अनुगमनमा सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, कार्यकारिणी सदस्य नेत्र शाही, परिषद् सदस्य गोपिकृष्ण शर्मासहितको टोली गएको थियो ।

निर्माण व्यवसायीसँग पहिलो चरणको ठेक्का सम्झौता सकिनै लाग्दा पनि कामको गति नबढेकाले एक महिनाभित्र भौतिक प्रगति बढाउनुपर्ने र वाहनाबाजी गरेमा म्याद थप नगर्ने उपाध्यक्षले लामाले चेतावनी दिए ।

निर्माण कम्पनीले तोकिएको समयमा काम नगरेको पाइएकाले कोषले सचेत गराएको सदस्य सचिव सानुराजा शाक्यले बताए । त्यस्तै योजना प्रमुख सरोज भट्टराईले कोषले यसअघि पनि पटकपटक सचेत गराएको र अहिले उपाध्यक्षले एक महिनाभित्र भौतिक प्रगति हासिल गर्ने गरी काम गर्न निर्माण व्यवसायीलाई निर्देशन भएकोे बताए ।

कोषका अनुसार चार वटा निर्माण व्यवसायीमध्ये दुई वटाले ५० देखि ५५ प्रतिशत र दुई वटाको २८ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ ।

ठेक्का सम्झौता लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजित जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग लुम्बिनी विकास कोषले गुरुयोजनाअन्तर्गतका विभिन्न कामका लागि अलग–अलग ठेक्का सम्झौता गरेको थियो ।


प्रकाशित मिति: २१ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?