काठमाडौँ । नेपाल भाषामा निर्माण भएको म्युजिक भिडियो “माखायात ग्वंग: माः” सार्वजनिक भएको छ। कृष्ण भक्त महर्जनको रचना, स्वर र संगीतमा रहेको यस बानिका प्रधानको समेत स्वर सुन्न सकिन्छ। गीतलाई हरि शरण सायमीले संगीत संयोजन गरेका हुन्। ठट्यौली शब्द संयोजनमा रहेको यस म्युजिक भिडियो के. बि. एस लुभु प्रोडक्सन हाउसको
काठमाडौं । सर्लाही, चन्द्रनगर गाउँपालिका-२ बबरगंज चौरस्थित सोही गाउँपालिका-३ कामदटोल बस्ने नथुनि मुखिया बिनको माछाको दाना राख्ने कच्ची घरमा गए राति आगलागी हुँदा घर तथा घर भित्र रहेको माछाको दाना ३ सय ७० बोरा, मोटरसाइकल १ थान, पानी तान्ने मोटर २ थान, माछा मार्ने जाल लगायतका सामानहरू जलेर करिब १५
काठमाडौं । चितवन, रत्ननगर नगरपालिका-३ शान्तिचोकस्थित सडकमा ना.४६ प ८२४८ नम्बरको मोटरसाइकल र ना.५६ प ९१६९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा स्कुटर चालक खैरहनी नगरपालिका-१ बस्ने २१ वर्षीय दिपेश चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मनकामना अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको
बर्दिया । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-६ बस्ने २० वर्षीय सन्तराम थारूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।थारूले ती किशोरीलाई सोही नगरपालिका-१० गुमस्तास्थित धधवारदेखि गुमस्ता गाउँ जाने बाटोमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो
काठमाडौं । महोत्तरी, बर्दिबास नगरपालिका-१ भप्सी बस्ने दिलिप पाख्रिनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ तामाङटोल बस्ने २१ वर्षीय कर्म तामाङ समेत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३३ हजार ४ सय ३० रूपैयाँ, ११ बुक तास
काठमाडौं । दार्चुला, महाकाली नगरपालिका-४ राधाकृष्ण चोकस्थित पारस वियर बार एण्ड फाष्ट फुड होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ५३ ग्राम ४० मिलिग्राम, डिजिटल तराजु १ थान र मोबाइल १ थान सहित होटल संचालक दुहुँ गाउँपालिका-२ हिकिला बस्ने ४४ वर्षीय कलम सिंह डडाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको
भक्तपुर । मासिक २५ रुपैंया बचत गर्दै थालनी गर्दै भएको तौडालछाप बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १२ करोड ६० लाख २० हजार ९ सय ४७ रुपैंया पुगेको छ । २०६४ साल देखि तौडोलछाप सामुदायिक वन उपभोक्ता समूहको रूपमा थालनी भएको संस्था २०६६ साल देखि बचत संस्थाको रूपमा रूपान्तरण
एजेन्सी। इजरायली सेनाले उत्तरी र मध्य गाजा पट्टीमा गरेको आक्रमणमा आइतबार कम्तिमा १८ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतले जनाएको छ । इजरायलले मध्य गाजामा रहेको बुरेइज शरणार्थी शिविर र देइर अल–बालाहको बाहिरी भागलाई निशाना बनाएको प्यालेस्टिनी सुरक्षा अधिकारीहरूले सिन्ह्वालाई बताए । गोलाबारीमा सात जनाको ज्यान गएको र देइर अल–बालाहको अल–अक्सा
तनहुँ । तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदी बन्दीको उपचारमा समस्या भएको छ। कारागारका स्वास्थ्य सहायक श्यामसिंह बोहोरा सुरुवा भई अन्यत्र गएपछि कैदी बन्दीको उपचारमा समस्या भएको हो। स्वास्थ्य सहायक बोहोरा यही असोज १ गते सरुवा भई शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकु गएपछि तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन भएको हो। स्वास्थ्यकर्मीविहीन
काठमाडौं। देशका लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी बायुको प्रभाव सामान्य र कोशी, मधेश र बागमती प्रदेशमा आंशिक प्रभाव परेको छ साथै स्थानीय बायुको पनि आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि