काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले समाजवाद र साम्यवाद असफल भइसकेको भन्दै संवद्र्धनवादलाई राष्ट्र निर्माण र संरक्षणको मार्ग भन्दै अगाडि सारेका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले मुलुक र राष्ट्रलाई प्राथमिकता दिने वैचारिक दिशालाई विश्वका ठूला देशले पनि अंगिकार गरिरहेको बताए। साथै, अध्यक्ष लिङ्देनले गैरआवासीय नेपालीलाई वंशजको आधारमा
सर्लाही। जनता समाजवादी पार्टी नेपालका केन्द्रीय नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। जसमा वरिष्ठ उपाध्यक्ष केदारनन्दन चौधरी, मनिष मिश्र र केदारसिंह ठटौला सहितका नेताहरु रहेकाछन्। सर्लाही ४ का उम्मेदवार र कांग्रेस सभापति गगनकुमार थापाले नवप्रवेशी नेताहरूलाई स्वागत गर्दै चुनावी अभियानको क्रममा पार्टी प्रवेश गर्नेहरूको लहर चलेको बताएका छन्।
म्युनिख। अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यीबीच भेटवार्ता भएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिएका हुन्। दुवै पक्षले सन् २०२६ लाई आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र सहयोगको वर्ष बनाउने सहमति गरेका छन्। यसअघि फेब्रुअरी ४ मा टेलिफोन वार्ता सम्पन्न भएको
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो सङ्कल्प पत्र सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा आज कार्यक्रममार्फत पत्र सार्वजनिक गर्नुभएको हो। सङ्कल्प पत्रले राजनीतिक स्थिरता, सुशासन, आर्थिक सुधार, सामाजिक न्याय र समृद्धिको लक्ष्य तय गरेको छ। प्रमुख योजनामा शिक्षा–स्वास्थ्यमा निःशुल्क पहुँच, रोजगार सिर्जना,
काठमाडौं । आइतबार पर्ने महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको छ। रङरोगन, सरसफाइसँगै साधु–सन्तहरूको आगमन बढेको छ भने सुरक्षासहित भीड व्यवस्थापनको योजना कार्यान्वयनमा ल्याइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दर्शनार्थीको सहज आवतजावतका लागि विशेष ट्राफिक योजना बनाएको छ। चाबहिल, गौशाला र तिलगंगामा सामान्य अवस्थामा सवारी
म्युनिख, जर्मनी । उर्सुला भोन डेर लेयनले युरोपले अब आफ्नै सुरक्षाको जिम्मेवारी गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभएको छ। म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै उहाँले प्रभावकारी प्रहार क्षमता र रणनीतिक सक्षमतासहित युरोपेली रक्षा संरचना मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले युरोपेली सङ्घका सदस्य राष्ट्रबीच आपसी रक्षाको प्रतिबद्धता व्यवहारमा उतार्ने समय आएको बताउनुभयो। अमेरिकाले नाटोमा लगानी
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाली सेनालाई विशेष निर्देशन दिनुभएको छ। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मुख्यालयमा सम्बोधन गर्दै उहाँले सेनाले राष्ट्र, संस्कृति र लोकतन्त्रको रक्षा गर्दै निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउनुपर्ने बताउनुभयो। साथै सबै सैनिक तालिममा नेपाल र नेपालीको इतिहास अध्ययनलाई
काठमाडौँ । उपेन्द्र यादवले विगतमा सत्ता सम्हालेका दलहरूको असफलता र अदूरदर्शिताका कारण देश अहिलेको अवस्थामा पुगेको आरोप लगाएका छन्। समयमै राजनीतिक समस्या समाधान नगर्दा चुनाव समेत अन्योलमा परेको उनको भनाइ छ। शनिबार काठमाडौँको राष्ट्रिय प्रेस क्लबमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष यादवले चुनाव नजिकिँदै गएकाले अब जनताको समस्या समाधानमुखी राजनीति आवश्यक
काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै विकास, सुशासन र समृद्धिको स्पष्ट खाका सार्वजनिक गरेको छ। ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’ शीर्षकसहित सार्वजनिक गरिएको प्रतिबद्धतामा राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको सुदृढीकरण र जनताको मौलिक अधिकार पुनःस्थापनालाई प्राथमिकतामा राखिएको छ। एमालेले विदेशी हस्तक्षेप अन्त्य गर्दै
काठमाडौँ । राहदानी विभागले अब आवेदन दिएको दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने व्यवस्था लागू गरेको छ। हालसम्म ३ लाख ९६ हजार राहदानी छपाइ भई आपूर्ति भइसकेकाले अत्यावश्यक सेवाग्राहीलाई तत्कालै राहदानी दिइने विभागले जनाएको छ। अन्तरिम अवधिका लागि ७ लाख राहदानी पुस्तिका उपलब्ध भइसकेसँगै विभाग पूर्ण क्षमतामा सेवा सञ्चालनमा गएको छ।