Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

समाचार


स्वास्थ्यकर्मी माथि जातीय विभेद गर्ने थप एक जना पक्राउ

काठमाडौं। मुगुमा स्वास्थ्यकर्मी माथि जातीय विभेद गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । त्यस्तै, २३ वर्षीया तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा मुगुको सोरू गाउँपालिका-९ का सुरजकुमार शाही पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय मुगुले सोमबार साँझ पक्राउ गरेको हो । स्वास्थ्यकर्मी विश्वकर्माले सुरजसहित ३ जनाविरुद्ध शुक्रबार

भौगोलिक विकटता र जनसङ्ख्याका दृष्टिले दुई ठाउँबाट सेवा दिइँदै

वालिङ,स्याङ्जा। स्याङ्जाको भिरकोट नगरपालिका-८ को वडा कार्यालयले दुई ठाउँबाट सेवा प्रवाह गर्दै आएको छ । भौगोलिक विकटता र जनसङ्ख्याका दृष्टिले नगरपालिका ठूलो भएपछि वडावासीको सहजताका लागि दुई ठाउँबाट सेवा दिँदै आइएको हो । सो वडाका सबैलाई पायक पर्ने ठाउँमा वडा कार्यालय नभएपछि वडावासीको सहजताका लागि दुई ठाउँमा वडा कार्यालय स्थापना

आज सुनचाँदीको मूल्य फेरी बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं। सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेर तोलाको १ लाख २० हजार ५ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको

माओवादीले विचार केन्द्रित अभियान थाल्ने

काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माक्र्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताएका छन् । एक सय ३१ औँ ‘माओ दिवस’का सन्दर्भमा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले आजको सन्दर्भमा विचारको विकास नै कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौतिका रुपमा

भूकम्पपीडितका ११ हजार घर निर्माण

काठमाडौं। जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये आजसम्म ११ हजार तीन सय ३६ घर (अस्थायी आवास) निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार अन्य १० हजार एक सय १८ घर निर्माणाधीन छन् । अहिले धमाधम अस्थायी आवासका लागि अनुदानबापतको रकम सम्झौता गरी

सरकारको एक वर्ष : नीति तथा कानुन निर्माणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय केन्द्रित

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधिसम्बन्धी सेवाका लागि नीति तथा कानुन निर्माण तथा कार्यान्वयन, आवधिक योजनाका सोच, उद्देश्य र लक्ष्यलाई वार्षिक कार्यक्रममार्फत कार्यान्वयन गर्दै आएको छ । उक्त मन्त्रालयका अनुसार नीति कार्यान्वयनका केही आधार तयार भएका छन् भने परिणाम पनि देखिन थालेको छ । नेपालको ‘इ-गभर्नेन्स डेभलपमेन्ट इन्डेक्स’

नेपाल टेलिकमले रुकुमकोटमा एनटी फाइबर सेवा उपलब्ध गराउने

काठमाडौं। नेपाल टेलिकमले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउने भएको छ । यसका लागि रुकुमकोटमा दुई वटा एफडीसी (फाइबर डिस्ट्रिब्युसन क्याबिनेट) मार्फत १०२४ लाइन क्षमताको नेटवर्क तयार गरिएको छ । त्यसैगरी, टेलिकमले ८ पुसमा उक्त स्थानमा परीक्षण सेवा प्रारम्भ समेत गरेको

कञ्चनपुरमा १६० महिलाले गराए मिनिल्याप

कञ्चनपुर। कञ्चनपुरमा एक सय ६० महिलाले स्थायी बन्ध्याकरण शिविरमा मिनिल्याप गराएका छन् । सन्तानको रहर पूरा भएका महिलाका लागि स्वास्थ्य कार्यालय कञ्चनपुरले आयोजना गरेको निःशुल्क एकीकृत परिवार योजना स्थायी बन्ध्याकरण शिविरमा उनीहरूले मिनिल्याप गराएका हुन् । त्यसैगरी, कञ्चनपुरको बेलडाँडी गाउँपालिका, बेलौरी, पुनर्वास, लालझाडी, देखतभूली, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट, सुडा, भीमदत्तनगरको जिमुवा,

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली, तराईमा हुस्सु

काठमाडौं। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली रहेको छैन । त्यसैले अहिले देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक

सांसद विकासकर्मी हुन् भन्ने भाष्य अन्त्य हुनुपर्छ : सांसद लामा

 काठमाडौं। छिरिङल्हामु लामा (तामाङ) भाग्यमानी सांसद हुन् । मुगाली समुदायबाट उनी पहिलो पटक सांसद बनिन् अर्थात् मुगाली समुदायबाट उपल्लो निकायमा पुग्ने उनी नै पहिलो व्यक्ति हुन् । नेकपा (माओवादी केन्द्र) जुम्लाबाट समानुपातिक सांसदको रूपमा सङ्घीय संसद् प्रवेश गरेकी सांसद लामालाई आफ्नो एक वर्षे कार्यकाल त्यति चित्तबुझ्दो लागेको छैन । युवा

सम्वन्धित समाचारहरु