Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

कञ्चनपुरमा १६० महिलाले गराए मिनिल्याप


कञ्चनपुर। कञ्चनपुरमा एक सय ६० महिलाले स्थायी बन्ध्याकरण शिविरमा मिनिल्याप गराएका छन् । सन्तानको रहर पूरा भएका महिलाका लागि स्वास्थ्य कार्यालय कञ्चनपुरले आयोजना गरेको निःशुल्क एकीकृत परिवार योजना स्थायी बन्ध्याकरण शिविरमा उनीहरूले मिनिल्याप गराएका हुन् ।

त्यसैगरी, कञ्चनपुरको बेलडाँडी गाउँपालिका, बेलौरी, पुनर्वास, लालझाडी, देखतभूली, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट, सुडा, भीमदत्तनगरको जिमुवा, चाँदनी र ब्रह्मदेवमा शिविर आयोजना गरिएको हो ।

स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी निःशुल्क स्थायी बन्ध्याकरण शिविर आयोजना गरेको हो । सो स्वास्थ्य कार्यालयका स्रोतव्यक्ति कपिल जोशीका अनुसार गत मङ्सिर २२ गतेदेखि पुसको पहिलो सातासम्म शिविर आयोजना गरिएको थियो ।

 

 


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?