Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

माओवादीले विचार केन्द्रित अभियान थाल्ने


काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माक्र्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताएका छन् । एक सय ३१ औँ ‘माओ दिवस’का सन्दर्भमा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले आजको सन्दर्भमा विचारको विकास नै कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौतिका रुपमा रहेको उल्लेख समेत गरेका छन् ।

त्यस्तै, अध्यक्ष दाहालले विकसित परिस्थितिको जगमा विचारको विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले भने, “आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति माओको जीवनकालको जस्तो छैन, माओपछि विश्व परिस्थितिमा निकै ठूलो फेरबदल आएको छ, साम्राज्यवादले नयाँ नयाँ रणनीति र कार्यनीतिसहित आफूलाई टिकाइरहेको छ, हामी मार्क्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई जसरी रूपान्तरण गर्नुपथ्र्यो त्यो गर्न सकिरहेका छैनौँ, आजको मुख्य चुनौती यही हो ।”

माओको स्मरण गर्नुको अर्थ विचार र क्रान्तिलाई मौलिक ढङ्गले सोच्नु रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले मार्क्सवादीहरूले यान्त्रिकता वा अन्धानुकरणमा जानु उपयुक्त नहुने विचार व्यक्त गरे । माओवादीको आठौँ महाधिवेशनले संश्लेषण गरेको कार्यदिशा पनि यही नै रहेको उनको भनाइ रहेको छ ।

त्यस्तै, प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको बाटोबाटै समाजवादको आधार तयार हुनेमा जोड दिँदै त्यसका लागि आफ्नो नेतृत्वको वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् । उक्त पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को समापनलगत्तै नयाँ अभियानको थालनी गरिने जनाउँदै अध्यक्ष दाहालले भने, “चार महिने अभियान पुस १६ गते समापन हुँदैछ, त्यसपछि हामी विचारको छलफल र अन्तरक्रियाका लागि जनतामा नै जान्छौँ, त्यसका लागि विचार केन्द्रित अर्को अभियान सुरू गर्छौं ।”

त्यसैगरी, आजभन्दा १३१ वर्ष अघि चीनमा माओको जन्म भएको थियो । माओको नेतृत्वमा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो भने कार्यक्रममा अध्यक्ष दाहालललगायत नेताले माओको तस्वीरमा माल्यापर्ण गरेका थिए ।

सो अवसरमा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव वर्षमान पुनलगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?