Trending
>>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


निर्यात परिषद्ले सरकारलाई दियो १६ बुँदे सुझाव

काठमाडौं। नेपाल निर्यात परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा देखा परेका समस्याले नेपाली बस्तुको उत्पादन तथा निकासीमा प्रत्यक्ष असर परेको बताएको छ । शुक्रबार परिषद्को २६औँ वार्षिक साधारण सभा तथा ८औँ निर्यात दिवसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष रेशमबहादुर पोख्रेलले जसका कारण समग्र अर्थतन्त्रको लक्ष्यलाई प्रभाव पारेको बताएका छन् भने आगामी

नदीको विनाश होइन विकास गर्नुपर्छः मुख्यमन्त्री कार्की

सुन्दरहरैँचा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीलाई विनाश नभई विकासका लागि अगाडि बढाउनु अपरिहार्य रहेको बताएका छन् । केशलिया-बूढीखोला करिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले विनाश मात्र नभई विकास गर्ने बताए । मुख्यमन्त्री कार्कीले यस क्षेत्र भएर बग्ने केशलिया बूढीखोला नदीको सौन्दर्यकरण एवं विकासले यहाँका

दुर्गम क्षेत्रमा मातृशिशु मृत्युदर शून्य

ढोरपाटन,बागलुङ । अग्ला पहाड र गहिरा खोँचमा छरिएका बस्ती । चारैतिर भिर, पहरा । एक गाउँबाट अर्को गाउँसम्म पुग्न घन्टौँ लाग्ने । वर्षौंदेखि भौगोलिक विकटताका कारण दुर्गमको पीडा खेपिरहेको बागलुङको तमानखोला गाउँपालिका पछिल्लो समय विकासोन्मुख बन्दै गएको छ । आधादशक अगाडिसम्म सामान्य स्वास्थ्य सेवा लिनका लागि दिनैभरि लगाउनुपर्नेमा अहिले तमानखोलावासी

चिसो बढ्न थालेपछि कैदीबन्दीलाई न्यानो कपडा

चितवन। चिसो बढ्दै गएपछि कारागार कार्यालय चितवनले कैदीबन्दीलाई न्यानो कपडा वितरण गरेको छ । कार्यालयमा रहेका सात सय २३ कैदीबन्दी र उनीहरुसँग आश्रित चार बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । उक्त कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार जाडो समयमा सिरक, डसना र लगाउने न्यानो कपडाको व्यवस्था गरिएको हो । त्यस्तै

भीमफेदी कुलेखानी दक्षिकाली सडकखण्ड बन्द

मकवानपुर। बागमती प्रदेशको राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको सडकखण्ड भीमफेदी–दक्षिणकाली खण्डमा आजदेखि सवारी आवागमन बन्द गरिएको छ । दक्षिणकाली नगरपालिकाअन्तर्गत पर्ने सो खण्डमा आजदेखि सडक स्तरोन्नतिको काम सुरु हुने भएकाले आगामी चैत ३० गतेसम्म सडक बन्द रहने भएकाले सो मार्ग हुँदै यात्रा गर्ने यात्रुले वैकल्पिक मार्गको प्रयोग

ओली र रवि लामिछानेबीच बालकोट छलफल जारी

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोट पुगेका छन् । उक्त भेटघाटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । दुई नेताबीच ओली निवासमा करिब आधा घण्टादेखि छलफल जारी छ ।

उच्च प्रदर्शन गर्ने अपेक्षासहित विश्वकप खेल्न जाने क्रिकेट टिमको बिदाइ

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानले आईसीसी यू-१९ विश्वकप खेल्न जाने नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमलाई बिदाइ गरेको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर तन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले बिदाइ गरेका हुन् । नेपाल ८ वर्षपछि यू(१९ विश्वकप खेल्न

म्याग्दीको बगर बन्यो खेलमैदान

म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका-५ कैलाशफाँटमा झाडीले भरिएको बगरलाई खेलमैदानमा परिणत गरिएको छ । म्याग्दी नदी किनारमा झाडीले भरिएको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्याएर बनाइएको खेलमैदानलाई श्रमदानमार्फत स्तरोन्नति गरी प्रयोगमा ल्याएको हो । मङ्गला–५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले जनप्रतिनिधि, स्थानीयवासी, खेलाडी र विद्यार्थीले श्रमदान गरेर झाडीयुक्त बगरलाई खेलमैदानमा परिणत

गायक शशि गुरुङले २२ वर्षपछि गरे नयाँ गीत सार्वजनिक

काठमाडौं। गायक शशि गुरुङले २२ वर्षपछि नयाँ गीत सार्वजनिक गरेका छन् । आज सुन्धारास्थित एक चलचित्र भवनमा उहानले पत्रकार सम्मेलनको आयोजना गर्दै ‘तिमीले हेर्न चाहे’ को श्रव्यदृश्य सार्वजनिक गरेका हुन् । गुरुङले आगामी दिनमा गायनलाई निरन्तरता दिने बताए । “म सरकारी जागिरे भएकाले गीतसङ्गीतलाई निरन्तरता दिन पाइन् । अब निरन्तररुपमा

पाँच गाउँमा विद्युत् सेवा विस्तार

दमौली,तनहुँ। तनहुँको देवघाट गाउँपालिका–४ को पाँच गाउँमा विद्युत् विस्तार भएको छ । हालसम्म विद्युत् पहुँच नपुगेको उक्त वडाको ढुङ्गाघारी, बसेनी, काफलस्वाँरा, बापस र डुडेबासपानीमा विद्युत् विस्तार भएको हो । भरतपुर विद्युत् वितरण केन्द्र आँपटारी ‘सवस्टेसन’मार्फत ती गाउँका एक सय ३० घरमा बिजुली बलेको देवघाट–४ वडाध्यक्ष मित्रलाल गुरुङले जानकारी दिए ।

सम्वन्धित समाचारहरु