Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

भीमफेदी कुलेखानी दक्षिकाली सडकखण्ड बन्द


मकवानपुर। बागमती प्रदेशको राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको सडकखण्ड भीमफेदी–दक्षिणकाली खण्डमा आजदेखि सवारी आवागमन बन्द गरिएको छ ।

दक्षिणकाली नगरपालिकाअन्तर्गत पर्ने सो खण्डमा आजदेखि सडक स्तरोन्नतिको काम सुरु हुने भएकाले आगामी चैत ३० गतेसम्म सडक बन्द रहने भएकाले सो मार्ग हुँदै यात्रा गर्ने यात्रुले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ ।

हाल काठमाडौंसम्म यात्रा गर्नका लागि कुलेखानी–चित्लाङ हुँदै काठमाडौं पुग्ने बाटो र कान्तिलोकपथ खुला रहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिइन् ।

उनका अनुसार नारायणगढ मुग्लिन सडकखण्ड हुँदै काठमाडौं जान सकिनेछ ।


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?