Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

नदीको विनाश होइन विकास गर्नुपर्छः मुख्यमन्त्री कार्की


सुन्दरहरैँचा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीलाई विनाश नभई विकासका लागि अगाडि बढाउनु अपरिहार्य रहेको बताएका छन् । केशलिया-बूढीखोला करिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले विनाश मात्र नभई विकास गर्ने बताए ।

मुख्यमन्त्री कार्कीले यस क्षेत्र भएर बग्ने केशलिया बूढीखोला नदीको सौन्दर्यकरण एवं विकासले यहाँका जनताको आर्थिक समृद्धि एवं रोजगारमा वृद्धि हुने बताए । करिडोर बनेसँगै बर्जु गाउँपालिकामा निर्माण हुने विशेष आर्थिक क्षेत्र (सेज) मा सहज पहुँचले प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुग्ने उनले धारणा राखेका छन् ।

मुख्यमन्त्री कार्कीले सरकारले समृद्धिको पाइला चाल्न जनताको पैसा सही ठाउँमा सदुपयोग गर्ने अठोट गर्दै प्रदेशको एक सय ३७ पालिकाका जनताको जीवनस्तर उकास्नका लागि प्रतिबद्धता जनाए । उनले परियोजना अन्तर्गतको नदीमा बाँध निर्माण तत्काल सुरु हुने घोषणा गरे ।

त्यस्तै, अध्ययन प्रतिवेदन निर्माण कर्ताद्वय महेन्द्र सुब्बा र प्रशान्त मल्लले दुहवी नगरपालिका, बूढीगङ्गा, बर्जु गाउँपालिका तथा विराटनगर महानगरपालिकालाई छुने उक्त परियोजनाको लागत रु। एक अर्ब ३२ करोड रहेको जानकारी दिए । आगामी तीन वर्षमा सम्पन्न गरिने उक्त परियोजनाले दुहवीदेखि विराटनगर रानीको भारतीय सीमा क्षेत्रसम्म खोलाको दुवैतर्फ ४२ किलोमिटर बाटो निर्माण हुनाका साथै खोलामा बाँध निर्माण र सौन्दर्यकरण गरिने उल्लेख गरिएको छ ।

मुख्यमन्त्री कार्कीलाई स्विस नियोगको सहयोगमा निर्माण गरिएको उक्त प्रतिवेदन राजीव उपाध्यायले हस्तान्तरण गरे । उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष राजेन्द्र राउत, पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठलगायतले परियोजना निर्माणले उद्योग स्थापना एवं विराटनगर विमानस्थलको धावनमार्ग विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?