Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

निर्यात परिषद्ले सरकारलाई दियो १६ बुँदे सुझाव


काठमाडौं। नेपाल निर्यात परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा देखा परेका समस्याले नेपाली बस्तुको उत्पादन तथा निकासीमा प्रत्यक्ष असर परेको बताएको छ ।

शुक्रबार परिषद्को २६औँ वार्षिक साधारण सभा तथा ८औँ निर्यात दिवसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष रेशमबहादुर पोख्रेलले जसका कारण समग्र अर्थतन्त्रको लक्ष्यलाई प्रभाव पारेको बताएका छन् भने आगामी दिनमा देशको आर्थिक अवस्था झन् बिग्रिने संकेत देखा परेको तर्फ परिषद्ले सचेत गराएको छ ।

‘विद्यमान अवस्थामा समग्र देशको आयात तथा निर्यातको अवस्थालाई नियाल्दा ५ महिनाको अवधिमा मात्र ६ खर्बको वस्तु आयात हुँदा निर्यात जम्मा ६३ अर्बमात्र भई देशको व्यापार घाटा ५ खर्बभन्दा बढी भएकोले आगामी दिनमा हाम्रो देशको आर्थिक अवस्था झनझन नराम्रो हुनसक्ने सङ्केतहरू देखा परेको हुँदा हाम्रो अर्थ व्यवस्था निर्यातमुखी नभई आयातमुखी अर्थतन्त्रमा नै निर्भर रहेको देखिन्छ’, परिषदद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।

उक्त परिषद्ले आज नै राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका प्रतिनिलगायत सरोकारवालाको उपस्थितिमा नेपालको निकासी व्यापारमा भएका समस्या समाधानका उपायहरू र निकासी अभिवृद्धिका विद्यमान ऐन, कानूनले पुऱ्याएको अड्चन फुकाउने विषयमा छलफल गरेको थियो ।

त्यस्तै, परिषद्ले निर्यात बढाउन सरकारलाई १६ बुँदे सुझावसमेत दिएको छ ।

 


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?