Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

निर्यात परिषद्ले सरकारलाई दियो १६ बुँदे सुझाव


काठमाडौं। नेपाल निर्यात परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा देखा परेका समस्याले नेपाली बस्तुको उत्पादन तथा निकासीमा प्रत्यक्ष असर परेको बताएको छ ।

शुक्रबार परिषद्को २६औँ वार्षिक साधारण सभा तथा ८औँ निर्यात दिवसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष रेशमबहादुर पोख्रेलले जसका कारण समग्र अर्थतन्त्रको लक्ष्यलाई प्रभाव पारेको बताएका छन् भने आगामी दिनमा देशको आर्थिक अवस्था झन् बिग्रिने संकेत देखा परेको तर्फ परिषद्ले सचेत गराएको छ ।

‘विद्यमान अवस्थामा समग्र देशको आयात तथा निर्यातको अवस्थालाई नियाल्दा ५ महिनाको अवधिमा मात्र ६ खर्बको वस्तु आयात हुँदा निर्यात जम्मा ६३ अर्बमात्र भई देशको व्यापार घाटा ५ खर्बभन्दा बढी भएकोले आगामी दिनमा हाम्रो देशको आर्थिक अवस्था झनझन नराम्रो हुनसक्ने सङ्केतहरू देखा परेको हुँदा हाम्रो अर्थ व्यवस्था निर्यातमुखी नभई आयातमुखी अर्थतन्त्रमा नै निर्भर रहेको देखिन्छ’, परिषदद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।

उक्त परिषद्ले आज नै राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका प्रतिनिलगायत सरोकारवालाको उपस्थितिमा नेपालको निकासी व्यापारमा भएका समस्या समाधानका उपायहरू र निकासी अभिवृद्धिका विद्यमान ऐन, कानूनले पुऱ्याएको अड्चन फुकाउने विषयमा छलफल गरेको थियो ।

त्यस्तै, परिषद्ले निर्यात बढाउन सरकारलाई १६ बुँदे सुझावसमेत दिएको छ ।

 


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?