Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

चिसो बढ्न थालेपछि कैदीबन्दीलाई न्यानो कपडा


चितवन। चिसो बढ्दै गएपछि कारागार कार्यालय चितवनले कैदीबन्दीलाई न्यानो कपडा वितरण गरेको छ । कार्यालयमा रहेका सात सय २३ कैदीबन्दी र उनीहरुसँग आश्रित चार बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।

उक्त कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार जाडो समयमा सिरक, डसना र लगाउने न्यानो कपडाको व्यवस्था गरिएको हो । त्यस्तै चिसोले समस्या नहोस् भनेर आगो ताप्न दाउराको व्यवस्था गरिएको उनले बताए ।

कार्यालयले महिला कैदीबन्दीहरुलाई आगो ताप्नका लागि दाउराको व्यवस्थापन गरेको जनाएको छ भने महिला कैदीबन्दीसँग चार नाबालक रहेकाले उनीहरुलाई लक्षित गर्दै दाउराको व्यवस्था गरिएको हो । उक्त कार्यालयमा अहिले ४२ महिला र छ सय ६१ पुरुष कैदीबन्दी रहेका आचार्यले जानकारी र्दिए ।

उनका अनुसार अहिले यस कार्यालयमा क्षमताभन्दा झन्डै दुई सय बढी कैदीबन्दी रहेका छन् भने चार सय ७५ पुरुषको र ३० जना महिलाको क्षमता रहेको आचार्यले बताउए ।

यहाँ छिमेकी जिल्ला नवलपुर  (नवलपरासी–बर्दघाट सुस्ता पूर्व) बाट समेत कैदीबन्दी ल्याउने गरिएको उहानको भनाइ रहेको थियो ।


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?