काठमाडाैं । नेपाल सरकार र जर्मन सरकारकारबीच विकास सहायता सम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको राजधानी बर्लिनमा सम्पन्न भएको छ। वार्तामा जर्मन सरकारकोतर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी ५१ मिलियन यूरो अनुदान सहायता परिचालन गर्ने सहमति भएको छ। सो सहायता रकम नेपालमा गुणस्तरीय स्वास्थ्य क्षेत्र पूर्वाधार एवं स्वास्थ्य
काठमाडौ । गत भदौ १३ गते तत्कालीन गृहसचिव एकनारायण अर्याललाई मन्त्रीपरिषद्को बैठकले मुख्यसचिवमा नियुक्त गरेसंगै रिक्त रहेको गृहसचिवमा सरकारले गोकर्णमणि दुवाडीलाई नियुक्त गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले गृहसचिव छान्ने जिम्मा गृहमन्त्री रमेश लेखकलाई दिएको थियो । तर सोही बैठकले बिहीवारको निर्णय सरह नै हुनेगरी भनी निर्णय गरेको थियो
काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले संक्रमकालीन न्याय सम्बन्धि बाँकी कामलाई छिटो सम्पन्न गर्न सरकारसँग आग्रह गरेको छ । शुक्रवार सिंहदरवारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी सो पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. भट्टराईले दलीय सहमतीको आधारमा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग गठन
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले निजी अस्पतालहरुले पनि बीमाको सुविधा दिनुपर्ने बताएका छन् । शुक्रवार एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निजी अस्पतालहरुले पनि बीमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताएको छ । उनले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य
काठमाडौं। तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु भएको छ । शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डमा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु भएको छ ।सरकारका उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले रिबन काटेर प्रदर्शनीको शुभारम्भ गरेका छन्। मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचर ट्रेड फेयर एण्ड इभेन्ट्स
काठमाडौं। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आर्थिक, सामाजिक र राजनीतिक रुपमा विश्वसनीय वातावरण सिर्जना भएको बताएका छन् ।शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डमा शुरु भएको तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै उनले अहिले दुई ठूला राजनीतिक दलहरुको सरकार रहेको भन्दै नागरिकहरुले पनि विश्वासका साथ लिइरहेको बताएका छन् ।
काठमाडौं। टर्कीका वातावरणमन्त्री मुरात कुरुमले बिहीवार पश्चिमी इज्मिर खाडीमा ठूलो पर्यावरणीय प्रकोप आउनसक्ने घोषणा गरेका छन् । हालैका हप्ताहरूमा ठूलो संख्यामा माछाको मृत्यु भएपछि दुर्गन्ध फैलिएसँगै मन्त्रीले सो घोषणा गरेका हुन् । प्रभावित क्षेत्रको भ्रमणको क्रममा कुरुमले भूमिमा आधारित प्रदुषणको कारणले गर्दा खाडीको पानीमा खतरनाक रूपमा कम अक्सिजनको स्तरलाई संकटको
काठमाडौं। हिन्दु नारीहरूको महान पर्व हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ ।
काठमाडौं।अन्तर्राष्ट्रिय हानी तथा नोक्शानी सम्बोधन कोष कार्यसमितिका वैकल्पिक सदस्य डाक्टर महेश्वर ढकालले जलवायु परिवर्तनका नाममा आएको सहयोग फिर्ता हुनु दुर्भाग्य भएको बताउनुभएको । जलवायु परिवर्तनजन्य विपद्का घटना बढ्दै जाँदा नेपाल जस्तो मुलुकले जलवायु अनुकुलन र क्षतिपूर्ति वापतको रकम अन्तर्राष्ट्रिय जलवायु वित्त कोषबाट ल्याउनुपर्ने आवाज उठिरहँदा प्राप्त रकम पनि खर्च गर्न