तनहुँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सामाजिक सञ्जालको प्रयोगले राजनीति प्रभावित पारिरहे पनि कांग्रेसका तरुणहरु यसप्रति अभ्यस्त नभएको गुनासो गरेका छन् । तनहुँको दमौलीमा नेपाल तरुण दल जिल्ला कार्य समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै तरुण दलका पूर्व केन्द्रीय महासचिवसमेत रहेका भट्टराईले भने, हामीले आफ्नाले गरेको राम्रो कामको पनि प्रचार
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोवाइल फुड ल्याव भ्यान संचालन गरी काठमाडौं प्रवेश गर्ने नाकामा खाद्य पदार्थ निरीक्षण अनुगमन शुरु गरेको छ । काठमाडौं उपत्यकाका अन्य प्रवेश विन्दुहरुमा समेत क्रमश मोवाइल फुड ल्याव भ्यान परिचालन गरी उपत्यका भित्रिने खाद्य पदार्थहरुको छड्के निरीक्षण तथा अनुगमन परिक्षण गरेको छ।
काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधि सभामा समानुपातिक सांसद गोमा सापकोटालाई पदमुक्त गर्न संसद सचिवालयलाई पुनः पत्राचार गरेको छ । पार्टी अध्यक्ष सिके राउतले हस्ताक्षर गरेर पठाएको पत्रमा सांसद लाभलाई पार्टीबाट निष्कासन गरिएको भनिएको छ । गोमामाथि ठेकेदारसँग पैसा मागेको, अनुचित लाभ लिएको, पार्टी विभाजन गर्न खोजेको
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज अजरबैजान प्रस्थान गरेका छन् । यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७
काठमाडौँ । कालीकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । आइतबार पलाँता गाउँपालिका–३ को राडुनेटा भन्ने ठाउँमा जीप सडकबाट करिब ३०० मिटर तल खस्दा ‘८ जनाको मृत्यु भएको प्रहरीले बताएको छ। त्यसमध्ये ४ जनाको पहिचान खुलेको छ’।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चीन र अमेरिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गएका छन्। राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम लोकदर्शन रेग्मीलाई अमेरिका र प्रा.डा. कृष्णप्रसाद ओलीलाई चीनको राजदूत नियुक्त गरेका हुन । संविधानको व्यवस्था अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन् ।
काठमाडौँ । मानव तस्करीमा जोडिएका कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। आइतबार अपराह्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ (२) बमोजिम नृपध्वज निरौला र नित्यानन्द पाण्डेय सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका हुन् । संसदीय सुनुवाइ समितिले शुक्रबार मात्र निरौला र पाण्डेयको नाम अनुमोदन गरेको थियो ।
हेटौँडा । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै सबै स्थानीय तहबाट खबरदारी अभियान चलाउने तयारी गरिरहेको बताएका छन् । प्रेस सेन्टर मकवानपुरद्वारा आज हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र सरकार बाहिर रहँदा अहिले
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिका काम प्रभावकारी र नतिजामुखी ढङ्गले सञ्चालन गर्न छलफल भएको छ । समितिको आजको बैठकमा कार्यसूची बनाउने र सदस्यहरूको सहभागिता बढाउने विषयमा छलफल भएको सभापति सन्तोष चालिसेले जानकारी दिएका छन् । समितिमा विचाराधीन विधेयकलाई चाँडो टुङ्ग्याउने तथा समितिका अन्य काम कारबाहीलाई प्रभावकारी बनाउन