Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

अर्थ समितिका काम प्रभावकारी बनाउन छलफल


काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिका काम प्रभावकारी र नतिजामुखी ढङ्गले सञ्चालन गर्न छलफल भएको छ ।

समितिको आजको बैठकमा कार्यसूची बनाउने र सदस्यहरूको सहभागिता बढाउने विषयमा छलफल भएको सभापति सन्तोष चालिसेले जानकारी दिएका छन्  ।

समितिमा विचाराधीन विधेयकलाई चाँडो टुङ्ग्याउने तथा समितिका अन्य काम कारबाहीलाई प्रभावकारी बनाउन सदस्यहरूको बैठकमा उपस्थिति बढाउनेबारे पनि छलफल भएको उनको भनाइ छ ।

“संसदीय समितिका बैठकहरूमा गणपूरक सङ्ख्या ९कोरम नपुग्ने समस्या छ । कोरम नपुर्‍याइ छलफल र निर्णयहरू गर्न नियमले मान्दैन”, उनले भने, “सभामुखले पनि यस विषयमा चासो देखाउनु भएको छ । समितिका बैठक बोलाउँदा सबै दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई जानकारी गराउने र सदस्यहरूको उपस्थिति बढाउने विषयमा पनि छलफल भएको छ ।”

समितिको आजको बैठकमा सांसद सूर्यबहादुर थापा क्षेत्रीले समितिका काम प्रभावकारी बनाउन कार्यतालिका बनाएर कडाइका साथ लागू गरिनुपर्ने बताए । समितिमा गणपूरक सङ्ख्या नपुगेर विधेयक माथिका छलफल प्रभावित हुन नहुने उनको भनाई थियो ।

त्यस्तै, सांसद जुली कुमारी महतो (महासेठ)ले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका सन्दर्भमा सम्बन्धित मन्त्रालयलाई समितिमा बोलाएर जानकारी लिनुपर्ने बताएकी छिन्  ।

अर्थ समितिमा अहिले पाँचवटा विधेयक विचाराधीन छन् । ती विधेयकमाथि चाँडो छलफल गरेर टुङ्गाउनुपर्ने धारणा समितिका अधिकांश सदस्यहरूको मत छ ।

चाडबाडहरू सकिएको र अहिले संसद्को हिउँदे अधिवेशन समेत सुरु नभएको अवस्थामा समितिका गतिविधिहरू बढ्नुपर्ने विषय समितिमा उठेको थियो । त्यस्तै, आगामी मङ्सिर १६ गतेका लागि तय भएको उपनिर्वाचन अघि समितिका बैठक प्रभावित हुनसक्ने धारणा सांसदहरूको थियो ।


प्रकाशित मिति: २५ कार्तिक २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?