Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

पार्टीको राम्रो कामबारे फेसबुकमा लेख्न कांग्रेसीलाइ किन गाह्रो ?


तनहुँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सामाजिक सञ्जालको प्रयोगले राजनीति प्रभावित पारिरहे पनि कांग्रेसका तरुणहरु यसप्रति अभ्यस्त नभएको गुनासो गरेका छन् । तनहुँको दमौलीमा नेपाल तरुण दल जिल्ला कार्य समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै तरुण दलका पूर्व केन्द्रीय महासचिवसमेत रहेका भट्टराईले भने, हामीले आफ्नाले गरेको राम्रो कामको पनि प्रचार गर्न सकेनौं । अरुले गर्नै नसक्ने कुराको प्रचार गरेर चुनाव जिते ।

सामाजिक सञ्जालको प्रयोग सही ढंगबाट गर्न तरुणहरु चुक्नुको परिणाम कतिपय ठाउँमा कांग्रेसले चुनावी हार भोग्नुपरेको औंल्याउँदै उनले भने, किन नेतृत्वको राम्रो प्रचार नगर्ने ? पार्टीको पक्षमा स्टाटस लेख्न हामीलाई किन गाह्रो छ ?बीपी कोइरालाको निर्देशनमा २०१० कार्तिकमा स्थापना भएको दलप्रति बीपी कोइरालाको ठूलो भरोसा पनि रहेको भन्दै तर अहिले दलले सोचेजस्तो काम गर्न नसकेको गुनासो गरे ।

दोस्रो महासचिव थिएँ म, उनले भने, राम्रोसँग सञ्चालन गर्न पाएको भए वैचारिक संगठनको रुपमा रुपान्तरण गर्न सकिन्थ्यो कि भन्ने लागेको थियो । तर आज हाम्रो संगठनको अवस्था देख्दा केही नपुगेको जस्तो लागेको छ, उनले भने ।श्रीमतिको पनि भोट हाल्न नसक्ने संगठनले कसरी काम गर्ला ? तनहुँमा रास्वपा उपसभापति स्वर्णिम वाग्लेसँग पराजित भट्टराईले विकासको कामले मात्र चुनाव जित्ने अवस्था नभएको भन्दै क्रियाशिल सदस्यले परिवारको समेत मत तान्न नसकेको गुनासो गरे ।

क्रियाशिल भनेको सधैं सक्रिय हुनुपर्ने भए पनि त्यसो हुन नसकेको उनले बताए । व्यास नगरपालिकामा क्रियाशिलले ३ भोट पनि तान्न सकेनन्, उनले भने, घण्टीको असर परेको देवघाटले तानेको जति भोट यहाँ किन तान्न सकिएन ? क्रियाशिलले श्रीमतिको भोट पनि किन पार्टीमा तान्न सकेनौं, समीक्षा हुनुपर्छ । नेपाललाई भुटान बनाउनुपर्छ भन्दा हामी किन प्रतिकार गर्दैनौं ?

केन्द्रीय सदस्य भट्टराईले विपक्षीका गलत कामको प्रतिवाद हुन नसक्दा कांग्रेसले गरेका काम ओझेलमा परेको र उनीहरु हावी भएको दावी गरे । कोही सानो देशको अन्डरमा बस्नुपर्छ भन्छन् भुटानको स्टाटसमा राख्नुपर्छ भन्छन्, उनले भने, तर त्यसको प्रतिकार हामी गर्दैनौं ।


प्रकाशित मिति: २५ कार्तिक २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?