काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडिङमा समावेश भएका छन् । बोर्डले सार्वजनिक गरेको एसईईको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने जनाएको छ । राष्ट्रिय परिक्षा
चितवन। वर्षा लागेसँगै चितवन राष्ट्रिय निकुञ्जमा असार १६ गतेदेखि सफारी बन्द हुने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रँने, जङ्गलमा भएका ससाना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुनसक्ने भएकाले गतिविधिमा रोक लगाउन लागिएको बताए । निकुञ्जभित्रका
तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो । रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित
चितवन । अवसर एकेडेमीद्वारा आयोजित अन्तर आईटी कलेज फुटसल प्रतियोगिताको उपाधि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सले जितेको छ । शुक्रवार सम्पन्न फाइनल खेलमा आइएसएमटी कलेज भरतपुर ‘ए’ लाई २–१ ले हराउँदै हेटौंडा स्कुलले उपाधि हात पारेको हो । भरतपुर–१० स्थित प्रेसिडेन्सी कलेजमा प्रतियोगिता भएको हो । प्रतियोगितामा विजेता
काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा नेता झलनाथ खनालले महासचिव घनश्याम भुसाललाई सहयोग गर्ने भएका छन् । खनाल निवास डल्लुमा भएको दुई नेताहबीचको भेटमा मिलेर अघि बढ्ने सहमति भएको हो । यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दावी गर्दै आएका थिए । तर बुधबार बिहान आफ्नै निवास डल्लु
कपिलवस्तु । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका- ८ भैसहियाका २२ बर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका-१० धनकौलीका अन्दाजी १८ बर्षीय राजु ठाकुरको चट्याङ लागेर मृत्यु भएको हो । बुधबार बिहान दुवै जनालाई खेतमा जाने क्रममा चट्याङ लागेका दुवै घटनास्थलमै मृत्यु भएको हो। मृतक दुइ जनाकै शव कपिलवस्तु अस्पतालमा पोष्टमार्टम गरी दाहसंस्कारका
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले बुधबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । सो भेटमा दुई पक्षीय हीत, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो
काठमाडौं । प्रहरी वृत्त दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जना मध्ये ६ जना जेल चलान भएका छन् भने एक जना १६ वर्षभन्दा कम उमेरको रहेकाले परिवारको जिम्मा लगाउन काठमाडौं जिल्ला अदालतले आदेश जारी गरेको छ । हत्या आरोपमा २१ वर्षीय आइते
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले संगीत र नाट्य कला समाजको अभिन्न अंग भएको र यो हाम्रो पहिचान, इतिहास र भावी पुस्ताको लागि महत्वपूर्ण सम्पत्ति भएको बताएका छन् । शीतल निवासमा बुधबार भएको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० वितरण समारोहमा बोल्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका छन् ।
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आजै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले बिहीबार बिहान १० बजेसम्म प्रकाशन गर्ने निर्णय भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । ‘आजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका थियौं । अहिले पनि