Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

अवसर इन्टर आईटी कलेज फुटसल कप सम्पन्न


चितवन । अवसर एकेडेमीद्वारा आयोजित अन्तर आईटी कलेज फुटसल प्रतियोगिताको उपाधि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सले जितेको छ । शुक्रवार सम्पन्न फाइनल खेलमा आइएसएमटी कलेज भरतपुर ‘ए’ लाई २–१ ले हराउँदै हेटौंडा स्कुलले उपाधि हात पारेको हो । भरतपुर–१० स्थित प्रेसिडेन्सी कलेजमा प्रतियोगिता भएको हो ।

प्रतियोगितामा विजेता टिमले ४० हजार नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे भने दोश्रो हुने टिमले २० हजार नगदसिहत ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगितमा म्यान अफ द म्याच हेटौंडा स्कुलका खेलाडी सुजल लामा, उत्कृष्ट खेलाडी हेटौंडा स्कुलका विश्व लामा, उत्कृष्ट गोल किपर आइएसएमटी कलेजका सुरज गुरुङ बने भने सबैभन्दा बढी गोल गर्ने खेलाडी आइएसएमटी कलेजका देव तामाङ रहे । उनीहरु सबैले प्रति खेलाडी ३ हजार नगद पुरस्कारसहित प्रमाणपत्र र ट्रफि प्राप्त गरे ।

पुरस्कार वितरण समारोहमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिका प्रिन्सिपल यज्ञविलास पौडेले ‘वाइवी’ को प्रमुख उपस्थिति रहेको थियो भने पपुलर युनिसेक्सका सञ्चालक सुलभ सिग्देलको विशेष उपस्थिति रहेको थियो ।सेन्ट्रल कलेजले खेलमा मुख्य सहयोग गरेको थियो । यसका साथै प्रतियोगितालाई विभिन्न संघसंस्थाहरुले सहयोग गरेका थिए ।

प्रतियोगितामा कुल १० टिम सहभागी भएका थिए प्रतियोगिताको उद्घाटन सत्रमा जिल्ला समन्वयन समिति चितवनका प्रमुख नारायण अधिकारी, बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदीको उपस्थिति रहेको थियो।

सुरुवाती खेल पृथ्वीनारायण क्याम्पस पोखरा र बोस्टन इन्टरनेशनल कलेज भरतपुरबीच भएको थियो भने खेलमा पृथ्वीनारायण क्याम्पस विजयी भएको थियो ।भरतपुरलाई आइटी हबको रुपमा चिनाउन योगदान पुर्याउन र आईटी विद्यार्थीहरुबीच एकआपसमा सम्बन्ध विस्तार गर्न यस फुटसल आयोजना गरिएको अवसर एकेडेमीका प्रबन्ध निर्देशक सौगात देवकोटाले बताए ।


प्रकाशित मिति: १२ असार २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?